२०७९ असार १५
  • काठमाडौँ

भाषण सुन्न जनता भेला नभएपछि जनकपुरमा माछाभात खाएर फर्किए प्रचण्ड

भाषण सुन्न जनता भेला नभएपछि जनकपुरमा माछाभात खाएर फर्किए प्रचण्ड

महोत्तरी । महोत्तरीको रामगोपालपुरमा हुने भनिएको आमसभामा जनता भेला नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरबाट काठमाडौँ फर्किएका छन्।

रामगोपालपुर गाउँपालिकाका–७ वटा वडामा बनेको स्वास्थ्य चौकी उद्घाटन गर्ने बहानामा माओवादी केन्द्रले आमसभाको आयोजना गरेको थियो। तर, उक्त आमसभामा जनताको उपस्थिती कम भएपछि प्रचण्ड रामा होटलमा माछाभात खाएर फर्किएका हुन्।

उक्त आमसभामा भाग लिन प्रचण्डसँगै स्थायी कमिटी सदस्य मातृका मातृका यादव पनि आएको स्रोतले बतायो। स्रोतका अनुसार माओवादी महोत्तरीमा कमजोर भएको भन्दै माओवादी केन्द्रका महोत्तरी इञ्चार्ज राजु खड्काले आमसभामा १० हजार जनता भेला गर्ने आश्वशन दिएर प्रचण्डलाई बोलाएका थिए। तर एक हजार मास पनि आमसभामा उपस्थित भएनन्।

इञ्चार्ज खड्काले प्रचण्ड अस्वस्थ भएकाले आमसभामा उपस्थित नभएको जानकारी सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन्। ब्रेक लिङ्स अनलाईनबाट साभार

२०७८ कार्तिक ३०, मंगलवार १०:२६ 0 Minutes 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार