२०७९ असार १४
  • काठमाडौँ

ठेकेदार र विद्युत् प्राधिकरणको लापरबाहीले युवकको मृ’त्यु, प्रहरीले जाहेरी लिन मानेन

गत बुधबार साँझ काभ्रेपलाञ्चोकस्थित कुशादेवीमा बिजुली बत्ती बिग्रिएको थियो। ठेकेदारले कुशादेवीका सुशील घिमिरेलाई बिजुलीको तार मर्मत गर्न बोलाए।

उनलाई ठेकेदार धु्व्र लम्साल र हरि बन्जराले बोलाएका थिए। ठेकेदारले बोलाएपछि बिजुली मर्मत गर्न २० वर्षीय घिमिरे ट्रान्सफर्मरमा चढे। उनी ट्रान्सफर्मरमा चढ्नुअघि ठेकेदारले विद्युत् काट्न विद्युत् प्राधिकरण बनेपा शाखालाई अनुरोध गरेका थिए।

प्राधिकरणले बत्ती का’टे’को जानकारी ठेकेदारलाई गराएपछि घिमिरेलाई ठेकेदारले तार छुन आग्रह गरे। तार छुनासाथ करेन्टको झट्काले घिमिरे भुइँमा खसे। उनको त्यहीँ मृ’त्यु भयो।ठेकेदारले बत्ती काटिएको वा नकाटिएको विषयमा जाँच नगरी ट्रान्सफर्मरमा चढाउँदा घिमिरेको मृ’त्यु भएको स्थानीयको आ’रो’प छ।

प्राधिकरण र ठेकेदारले बत्ती नका’टि’ए’को अवस्थामा ट्रान्सफर्मरमा चढाउँदा युवकको मृ’त्यु भएपछि आफन्त इलाका प्रहरी कार्यालय बनेपामा किटानी जाहेरी दिन पुगे। तर, ठेकेदार र प्राधिकरणको नाम समेटिएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न मानेन। इलाका प्रहरीले जाहेरी नलिएपछि पीडित परिवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धुलिखेल पुगे।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रीलाई भेटे। तर, प्रशासनले उक्त जाहेरी दर्ता गर्न मानेन। बरु ठेकेदार र प्राधिकरणसँग आफैँ सल्लाह गर्नुस् भन्दै प्रहरीले पीडितलाई फर्कायो। प्राधिकरण र ठेकेदारको ला’प’रबाहीले युवकको ज्यान

गएको मृतकका भिनाजु शालिकराज दाहालले बताए। उनले भने, ‘गल्ती प्राधिकरण र ठेकेदारको छ। तर, उहाँहरूले मु’द्दा दर्ता नै गर्नुभएन। मु’द्दा दर्ता गर्ने प्रक्रियामा लागे प्राधिकरणले मृतकले पाउने इन्स्योरेन्स रकम पनि रोकिदिने भनेको छ।’

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विद्युत् प्राधिकरणको दोष देखाएर मु’द्दा दर्ता गर्दा अ’नु’स’न्धानमा समस्या हुने बताए। उनले भने, ‘यस्तो विषयलाई विद्युत प्राधिकरणको गल्ती भन्न मिल्दैन। उहाँहरूले व्यक्तिमाथि आ’रो’प लगाउनुभएको छ।

त्यसरी दिएको जाहेरी दर्ता हुँदैन।’ उनले मु’द्दा दर्ता नै नगरी पीडित पक्षलाई क्ष’तिपूर्ति दिलाउने विषयमा प्राधिरणसँग छलफल भएको बताए।प्राधिकरणले १० लाख क्षतिपूर्ति दिने बताए पनि पीडित पक्षले दो’षी ठेकेदार र प्राधिकरण भएको भन्दै कारबाहीको माग गरेका छन्।

मृतक घिमिरेले काठमाडौंमा प्लस टु सकेर गाउँ फर्किएका थिए। घरमा आर्थिक समस्या परेपछि उनले पढाइ छाडेर ठेकेदारसँग उतै हाउस वायरिङको काममा लागेका थिए।

२०७८ कार्तिक २९, सोमबार १३:४८ 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार