२०७९ श्रावण ३१
  • काठमाडौँ

जितु नेपाललाई फुलनदेकी आमाको जवाफ, आफ्नै सासले त धोका दिन्छ यहाँ कसको विश्वास गर्नु ? (भिडियो हेर्नुस्)

काठमाडौ । नेपाल टेलिभिजनवाट करिब डेढ वर्ष देखि प्रशारण हुँदै आएको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लब बन्द हुने भएको छ ।

हाँस्य कलाकार जितु नेपालले शो संचालन गर्दै आएका थिए । जितुले कार्यक्रम बन्द गर्ने घोषणा गर्दै पत्रकार सम्मेलन गरेका थिए । डेढ बर्ष भन्दा लामो समयदेखि प्रशारण हुँदै आएको कार्यक्रममा सहभागी एक कलाकार अर्को कार्यक्रमको होस्ट बन्ने भएपछि यो कार्यक्रम बन्द गर्नु परेको उनले बताए ।

ति कलाकार उमेश राई हुन् । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ का कारण कार्यक्रम बन्द हुने अवस्थामा पुगेको भन्दै जितुले पत्रकार सम्मेलन गरेपछि उमेशलाई सामाजिक सञ्जालमा धोकेवाज भन्दै निकै आलोचना भयो ।

उनले अर्को एक रियालिटी शो होेस्ट गर्दैछन् । उनी अर्को कार्यक्रममा पनि फुलनदेकी आमाकै गेटअपमा जाने भएका हुन् । उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्ने भएका हुन् ।

एउटै ब्यक्ति एकै पटक एउटै गेटअपमा दुईवटा कार्यक्रममा देखिदा समस्या हुन सक्ने ठानेर जितुले कार्यक्रम बन्द गर्ने निर्णयमा पुगेको प्रतिकृया दिएका दिए । कार्यक्रम बन्द गर्नुको कारण नै आफुलाई बताएका कारण निकै आलोचना सहेका उमेशले पनि मुख खोलेका छन् ।

उनले आफुले कुनै गल्ती नगरेको बताएका छन् । कार्यक्रम बन्द हुनुमा आफ कारण नभएर जितु नेपाल र आयोजकबीच नै कुरा नमिलेका कारण बन्द भएको बताएका छन् ।
भिडियो सहित

२०७८ कार्तिक २८, आईतवार ११:५१ 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।