
अहिले विभिन्न संघ संस्थाका नाममा बिरामीका लागि भन्दै सर्वसाधारणसगँ सहयोग उठाएर ठगी गर्नेहरु हामिले देख्ने गरेका छौ ।
आर्थिक रुपमा कमजोर भएका ब्याक्तीहरु ठुलै रोग लाग्दा उपचार गर्न नसकेको अवस्थामा यस्ता संस्थाहरुले सहयोग उठाउने गर्दछन ।
तर सहयोग उठाएको रकम केही मात्र बिरामीलाई दिएर बाकी आफै खाने गरेको पाइएको छ । यो उनिहरुको कमाउने धन्दा नै बनेको छ । सहयोग रकमको कुनै पारदर्शिता उनिहरुबाट हुदैन ।
यस्तै एक घटना अहिले बाहिर आएको छ । स्वयंसेवक समाज नेपाल नामक संस्था चलाउने झापाका सुबास बि क ले मृगौलाका बिरामी बुद्धिकुमार लिम्बुको नाममा सहयोग रकम उठाएका थिए ।
तर सहयोग रकम उठाएको मध्ये केही रकम दिएर बाकी रकम भने दिएका छैनन । दुबै मृगौला फेल भएर काठमाडौको अस्पतालमा दैनिक डाइलासिस गराउदै आएका बुद्धिकुमार अहिले अस्पतालमा नै रहेका छन । तर सुबास बिक ले उठाएको रकम एक लाख तिस हजार रुपैया अझै दिएका छैनन ।
बिरामिको नाममा उठाएको पैसा लिएर अहिले सुबास बिक सहित उनकी श्रीमती पनि भाग्दै हिड्ने गरेका छन । बिरामी र सहयोग रकम संकलन गर्नेबिच सहयोग रकम संकलन गर्दा लाग्ने रकम कटाएर बाकी रहेको रकम बिरामिलाई दिइने सहमती भएको थियो ।
तर अहिले कति रकम उठेको हो त्यसको हिसाबकिताब उक्त संस्थाले पनि देखाएको छैन । तर कहिले एक लाख बाकी छ बिरामिले पाउने भन्ने त कहिले एक लाख ३० हजार । तर बाकी भएको रकम दिनुको सट्टा अहिले उनिहरु पैसा माग्न जादाँ फोनमा धम्की दिने गरेका छन ।
सुवास उनको ससुरालिमा बस्दै आएको जानकारि पछि प्रहरी सहित उनको ससुरालिमा पुग्दा काखे नानी त्यही छोडेर उनकी श्रीमती सहित सुबास त्यहाबाट भागिसकेका थिए । फोनमा उनले आर्थिक लेनदेनसगँ ससुरालीको उनै सम्बन्ध नरहेको भन्दै त्यहाँ किन गएको भन्दै धम्की दिएका छन ।
आफू अहिले बिर्तामोडमा रहेको उनले प्रहरीलाई बताए । आफू संस्थाको कर्मचारी भएकोले सम्पुर्ण हिसाबकिताब संस्थामा भएको उनले प्रहरिलाई बताए । उनी आफू अर्को दिन उर्लाबारी प्रहरीमा उपस्थित हुने पनि बताएका छन । तर पत्रकारसगँ फोन सम्पर्कमा भने उनले विभिन्न धम्कु दिएका छन ।
सहयोग रकम उठाएको करिब ७ महिना भन्दा धेरै भै सकेको छ । तर सुबासले आज भोलि दिन्छु भन्दै टार्दै गर्दा ७ महिना बितिसक्दा पनि नदिए पछि आफू मिडियामा आएको बिरामी बुद्धिकुमारका भाईले थियो ।
सुबासले करिब १ लाख ९० हजार जति रकम भने पहिले दिएका छन । बाकी रकम मृगौला प्रत्यारोपण गर्दा उठाएर दिने भनेर पुन सहयोग उठाएको उनले बताए । त्यस पछि पनि १ लाख ३० हजार रुपैयाँ सहयोग उठेको भनेर सुबासले नै भनेको बुद्धिकुमारका भाईको भनाई छ ।
तर सुबास सगैँ पहिले सहयोग उठाउने काम गरेका महेन्द्र बिक ले भने करिब ५/६ लाख रुपैयाँ सहयोग उठेको र त्यो पैसा सुबाससगैँ रहेको आफुलाई बताएको बुद्धिकुमारका भाईको भनाई छ । तर सहयोग उठाउने सुबासले भने १ लाख रकम उठेको र त्यो दिन बाकी रहेको बताए ।
आफ्नो पनि सवारी दुर्घटना भएकोले उक्त रकम आफुले त्यही बेला चलाएको हुनाले दिन नसकेको र अब केही समय पछि दिने सुबासले बताए । तर बिरामी बुद्धिकुमारका भाईले भने यस्तो भनेको (भिडियो हेर्नुस् )
लाइभ65टुडे बाट