२०७९ असार १४
  • काठमाडौँ

अष्ट्रेलियाबाट सार्वजनिक भयो सुनिलको ‘हाम्रो सम्बन्ध’ (भिडियो)

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘हाम्रो सम्बन्ध’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत सिर्जना रहेको ‘हाम्रो सम्बन्ध’मा हिमांशु रायमाझी (गोधुली)को शब्द सिर्जना समावेश छन् ।

सार्वजनिक गीतको एरेन्ज रोमन बज्रचार्यले गरेका हुन् ।अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ ।

त्यस्तै भिडियोमा करण र हिलारीलाई बिक्रम भण्डारी, स्माइली श्रेष्ठ, किशोरी विष्टले अभिनयमा साथ दिएका छन् । एउटा संगीत प्रेमी गिटारिष्टको प्रेम कथालाई निर्देशक सुदीप विष्टले कलात्मक शैलीमा तयार पारेका छन् ।

निर्देशक विष्टले नै उक्त भिडियोको छायांकन, सम्पादन, कलरिङ गरेका हुन् । किरण मगरको कोरियोग्राफी रहेको भिडियोमा कञ्चन कार्कीको मेकअप रहेको छ । भिडियो गायक गिरीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

भिडियो हेर्नुस्

२०७८ कार्तिक २८, आईतवार ०१:४० 0 Minutes 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार