२०७९ असार १८
  • काठमाडौँ

निमोनियाले लग्यो यि चर्चित जनवादी गायीकालाई

काठमाडौ । जनवादी गायीका लक्ष्मी गुरुङको नि’धन भएको छ।

उनी रक्तिम सांस्कृतिक अभियानकी गायिका समेत हुन् । श्वास,प्रश्वास र निमोनियाबाट पी’डित गुरुङको बिहीबार भैरहवामा निधन भएको हो।

गुरुङ रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार थिइन्। उनको ‘उत्तरबाट बादल आउँदा उत्तरतिरै हेर्छिन् रे, बम्बैको कोठरीमा हाम्री चेली रुन्छिन् रे’ लगायतका गीतहरु चर्चित छन्।

उनले रक्तिम सांस्कृतिक अभियानद्वारा सार्वजनिक थुप्रै गीतमा जीवन शर्मासँगै स्वर दिएकी छन्। कास्की जिल्लाको भदौरे भन्ने ठाउँमा विसं २०२३ सालमा जन्मिएकी गुरुङ सानै छँदा उनको परिवार रुपन्देहीको बेलैया भन्ने गाउँमा बसाइँ सरेको थियो। गायिका गुरुङको निधनप्रति नेकपा ९मसाल० ले गहिरो दुःख प्रकट गरेको छ।

महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार शोक वक्तव्य प्रकाशित गरी गुरुङको निधनले पार्टीले इमान्दार, आशावादी तथा कर्तव्यनिष्ठ सदस्य गुमाउनुपरेको बताएका छन्। ताजाखबर बाट

२०७८ कार्तिक २७, शनिबार ००:४१ 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।