२०७९ असार १८
  • काठमाडौँ

भारतमा भएको तालिममा नेपालका तीन इन्सपेक्टर पुरस्कृत

काठमाडौं: इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीका तीन निरीक्षक (इन्स्पेक्टर) उत्कृष्ट भएका छन्।

भारतको हैदारावादमा आयोजित तालिममा इन्स्पेक्टर अनिल थापा, किरण राउत र सिमोन धिताल पुरस्कृत भएका हुन्।

आउटडोरतर्फ द बिएसएफबाट थापा, द जयपुर कपबाट राउत र धिताल पुरस्कृत भएका हुन् । उनीहरुलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले अवार्ड प्रदान गरेका छन्।

५० हप्ता लामो तालिममा नेपालबाट ५ जना सहभागी भएका थिए। तालिम सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमी हैदारावादमा भएको तालिमको समापनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि हैदारावाद पुगेका छन्। खबरहाउस बाट

२०७८ कार्तिक २६, शुक्रबार १८:३१ 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।