२०७९ असार २०
  • काठमाडौँ

६० वर्षपछि भेटिए हराएका सुबास थापा,घर आउँदा न त दाजुभाइ न त आमाबुबा(भिडियो हेर्नुहोस्)

करिव तीन महिना अघि भारतको देहरादुनबाट सुबास थापा मगर (लाहुरे बा) ले फोन सम्पर्क गर्दै आफू करिव ६० वर्ष अघि भारत बसेको र आफ्नो नेपाल घर तथा परिवार केही थाहा नभएको भन्दै मिडियामा आएका थिए ।

उनी मिडियामा आए पछि उनको बारेमा सोधपुछ गर्दै जादाँ केही महिना अघि उनको दाजु भाईका छोराहरु पत्ता लागेको थियो । उक्त कुरा पत्ता लागे पछि सुवास थापा नेपाल आएर आफ्नो परिवारसगँ भेट्ने कुरा मिडियासामु राखेका थिए ।

अहिले भारतको देहरादुन मै बस्दै आएका सुबास थापाको परिवार सबै नेपाल आएर आफ्ना आफन्तहरुसगँ भेटघाट गरेको छ । आफू करिव १०/१२ वर्षको हुदा नेपालबाट एकजना साथीसगँ भारत पुगेको लाहुरे बा ले बताएका छन ।

आफू नेपाल छोडेर गएको करिव ६० वर्ष पछि आफ्ना आफन्तहरु भेट्न पाउँदा आफू धेरै नै खुशी भएको उनले बताए । त्यसका लागि दिनरात खोजी कार्य गर्ने मिडियालाई उनले धेरै धन्यवाद दिएका छन । आफुहरु ५ जना दाजुभाइ भएको उनले बताए ।

घरको आर्थिक स्थितिका कारण घरबाट भारत गए पनि फर्किन खोज्दा त्यो बेला आफुले बाटो भुलेका कारण फर्किन नसकेको उनको भनाई छ । घर आउने बाटो भुले पछि उमेर नपुगुनजेल उतै दुख गरेको उनी बताउँछन ।

पछि उमेर पुगे पछि आफि फौजम भर्ती भएर बङ्गलादेश लगायतको लडाइमा पनि परेको उनले सुनाए । फर्किए पछि देहरादुन मै बिबाह गरि बसेको उनको भनाई छ । फौज मै भएका कारण कहिले कता सरुवा हुने त कहिले कता हुने गरेकाले पनि नेपाल आउन नपाएको उनले सुनाए ।

पछि आफ्नो घर परिवार नै बिर्सिसकेको उनको भनाई छ । तर पनि गएर खोज्ने मन हुदाहुदै जागिरका कारण नसकेको उनले बताए । बिबाह गरेर उतै जग्गा किनेर बसे पछि झन नेपाल आउन नपाएको उनको भनाई छ । अहिले उनका ३ छोरा र एक छोरी छन । दुई छोरा उनका फौज मै भर्ती भएका छन ।

आफू पल्टनबाट पेन्सनमा निस्किएको र सबै छोराछोरीको बिबाह पनि गरिसकेको अब केही फुर्सद हुन्छ भनी आफू नेपाल जाने मन बनाएको उनको भनाई थियो । अब आफू नेपाल गएर आफ्ना आफ्नहरुसगँ भेटघाट गर्ने कुरा परिवारमा गरे पछि केही समय आफुहरुले आफ्नो परिवारको बारेमा बुझेको उनको भनाई छ ।

तर पत्ता लगाउन नसके पछि आफ्नो कान्छो छोराले मिडियामा खबर गरेकोले मिडियाको सहयोगमा अहिले आफुले आफ्नो परिवार भेट्न सफल भएको भन्दै मिडियामा बसेर आफुलाई आफ्नो आफन्तसगँ भेट गराउन सहयोग गरिदिने सम्पुर्णलाई आफ्नै छोरा जस्तै लागेको र उहाहरुको यो सहयोग कहिल्यै नभुल्ने बताए । (भिडियो हेर्नुस)

 

२०७८ कार्तिक २६, शुक्रबार १७:४१ 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।