२०७९ असार १४
  • काठमाडौँ

दुबईमा रम्दै राजेश हमाल दम्पती

काठमाडौँ । अभिनेता राजेश हमाल छुट्टी मनाउँदै छन् । लामो समय पछि अभिनयमा फर्किन लागेका राजेश चलचित्र ‘सत्यम’ को वर्कसप सकेसँगै दुबई भ्रमणमा गएका हुन् ।

उनी श्रीमती मधुको साथ दुबई पुगेका थिए । भ्रमणको क्रममा रमेका तस्बिर तथा भिडिओ उनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । त्यहाँ राजेश र मधु दुवै जना धेरै खुसी देखिएका छन् । हिजो उनीहरूको भ्रमणको अन्तिम दिन ।

हिजोका ताजा तस्बिर समेत राजेशले सञ्जालमा सेयर गरेका छन् । केही दिन अघि मात्रै जन्म दिन मनाएकी मधुलाई खुसी बनाउन उनले यो घुमघामको योजना बनाएका हुन् ।

‘महानायक’ का रुपमा चिनिने अभिनेता राजेश हमाललाई भ्रमण पनि उत्तिकै मन पर्छ ।भ्रमण गर्न मात्र होइन आफू भ्रमण गर्दाका तस्वीर सामाजिक सञ्जालमा राख्नु पनि उनको रुचीको विषय हो।

यो पनि, स्वीट्जरल्याण्डले दियो नेपाललाई १ लाख ४४ हजार डोज खोप : नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले को’रो ना भाइरस विरु’द्धको एस्ट्राजेनिका खोपको एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले खोप हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सचिव डा.पोखरेलले स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिए । आगामी चैत मसान्त भित्रमा सबै नेपालीलाई खोप उपलब्ध गराउने उनले बताए ।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत क्यापलरले को’रो ना भाइरस विरु’द्धको रोकथाम र नियन्त्रणमा नेपाललाई सहयोग गर्दै आइरहेको बताए। स्वीट्जरल्याण्ड सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो।

२०७८ कार्तिक २६, शुक्रबार ०९:२६ 0 Minutes 282 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार