२०७९ असार १४
  • काठमाडौँ

छोटे राजा भनेपछि सल्यानमा एक युवकमाथी वडा कार्यालयले लगायो प्रतिबन्ध

कार्तिक २६, सल्यान । सल्यानमा एक युवाले वडाध्यक्षलाई सामाजिक संजालमा ‘छोटेराजा’को संज्ञा दिएको भन्दै उक्त अभिव्यक्त नसच्याए सम्म वडा कार्यालयले दिने सबै सेवा सुविधा बाट उनलाई बन्चित गर्ने घोषणा गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नं ४ को कार्यालयले सोही वडाका युवा दिल बहादुर केसीलाई उक्त अभिव्यक्ति नसच्याएसम्म कार्यालय दिने सेवा बाट उनलाई बन्चित गर्ने बताएको हो ।

शुक्रवार एक प्रेस बिज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रेमबहादुर पुनले यस्तो घोषणा गरेका हुन । बिज्ञप्तिमा उनले वडाध्यक्ष र सदस्य समेतलाई छोटेराजाको दमनको संज्ञा दिएर चरीत्र हत्या गरेकोले उक्त कमजोरी नसच्याएसम्म सेवा सुविधा बाट बन्चित गर्ने बताएका छन ।

ति युवाले केही दिन पहिला देखि ‘आफ्नो भाइले बिहे गरेको ५/६ महिना पछि माइतीले बलात्कारको मुद्दा लगाएको र जनप्रतिनिधिले मुद्दा  नमिलाइदिएको भन्दै वडाध्यक्ष र सदस्यलाई सामाजिक संजालमा ‘छोटेराजा’को संज्ञा दिएर शृङ्खलाबद्ध स्टाटस लेखेका थिए । स्रोत नयाँ दृस्ठि बाट

हेर्नुहोस्, बिज्ञप्तिको पूर्णपाठ :

२०७८ कार्तिक २६, शुक्रबार ०८:१० 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार