
छठ मनाउन मामाघर आएका दाजुभाईलाई खोलाले बगायो, दाईको मृ’त्यु भाई बे’पत्ता
काठमाडौ । छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाएको छ । जसमध्य एक जनाको मृ’त्यु भएको छ भने अर्का फे’ला परेका छैनन् ।
यो घ’ट’ना मोरङमा भएको हो । रंगेली नगरपालिका९७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साहलाई बक्राह खोलाले बगाएको हो । उनीहरु खोलामा नुहाउन पसेका थिए ।
प्रहरी र स्थानीयले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेका थिए । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृ त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । बे’प’त्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।नोटः फाइल तस्बिर