
सन्धिखर्क नगरपालिका १ पाणिनी चोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोखरेलले ब्या`क गि`यरसहितको इलेक्ट्रोनिक बाइक बनाएका छन्। बुटवलबाट बि`दामा घर आएका पोखरेलले कुनै तालिम बिना इलेक्ट्रोनिक बाइक बनाएका हुन्।
घरायसी स्तरमा रहेका खेर जाने वस्तुसँगै वजारबाट आवश्यक वस्तु संक`लन गरी उनले यो बाइक बनाएको बताए। यसअघि पनि उनले घरायसी काम नलाग्ने वस्तुको प्रयोग गरी जेसिभीको निमार्ण गरेका थिए।
‘राज्यले यस्ता प्रकारका क्ष`मतालाई संरक्षण र प्रव`द्र्धन गर्ने कार्यमा लाग्ने हो भने हामीले परिक`ल्पना गरेको शिक्षा प्राप्त गर्न कुनै समय लाग्ने छैन,सागरले भने,’सानो उमेरमा कागजका बनाउँथे, अहिले जीवनमा प्रयोगमा आउने सा`धन बनाएको छु।’ उनलाई पारिवारको पूर्ण सहयोग छ। कसैबाट सहयोग पाएमा व्यवसायिक रुपमा इ`लेक्ट्रो`निक मोटरसाइकल निर्माण गर्न सकिने उनको भनाई छ।
उनले निर्माण गरेको इलेक्ट्रोनिक बाइको टुडिखेलमा डेमो प्रदर्शन गरिएको छ। एक औ`पचा`रिक कार्यक्रमको आयोजना गरी उनले बाइक टुडीखेलमा दौ`डा`एका हुन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कार्यक्रमको व्यानर अ`नावर`ण गरेर उद्धाटन गरे।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, जिल्ला शिक्षा समन्यव इका`इका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बन्जाडे, १२ का वडा अध्यक्ष नारायण खड्का, वडा सचिव अ`न`न्तमणि पोखरेल लगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो।