२०७९ असार १४
  • काठमाडौँ

‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृ शोक !

काठमाडौं । ‘कमेडी च्याम्पियन २’मा सहभागी भएर दर्शकको मन जितेका कमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ ।

विक्कीकी आमा दुर्गा थापा मगरको काठमाडौंमा आक’स्मिक नि’धन भएको हो । उनकी आमा दुर्गा मगरको मंगलबार नि’धन भएको छ । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए ।

मंगलबार ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए । तर, बेलुकी ७ बजे कोठामा फर्किदा उनकी आमा अ’चेत अवस्थामा फे’ला परेकी थिइन्।

यसपछि, उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनलाई डाक्टरहरुले मृ,त घोषित गरेको थियो । उनी उच्च रक्तचा’प र मधुमेहको बिरामी थिइन् ।

विक्की भारतको सिक्किम निवासी हुन् । यसैले, विक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुकी ४ बजे दुर्गाको श,वलाई सिक्किम लगेको सञ्चारकर्मी तथा ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी प्रताप लामाले जानकारी दिए ।

‘कमेडी च्याम्पियन २’को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन् । सो समयमा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले छोराले नेपाल पनि माया पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।

२०७८ कार्तिक २३, मंगलवार १८:१० 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार