२०७९ असार १४
  • काठमाडौँ

अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको नि’धन

नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिका का सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान क’रेन्ट लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युत्को ता’र पन्छाउने क्रममा क’रेन्ट लागेपछि उहाँलाई उप’चारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो ।

उहाँको उप’चारको क्रममा नि’धन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । शव परीक्षण गरी परिवारलाई दाहसंस्कारको लागि हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो ।

त्यस्तै सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका– २ एक्लेबरमा आज भएको दु’र्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अन्य घा’इतेको सोही अस्पतालमा उपचार भइरहेको छ । घ’टनाबारे थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

सो दु’र्घटनामा एक जनाको घ’टनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मृतक सुनार गाडी मालिक हुन् ।

त्यस्तै घाइतेमा तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने १० वर्षीय प्रशान्त खत्री, बाँके राप्ती सोनारी– ९ बस्ने ३५ वर्षीया पवित्रा बुढाथोकी, कालीमाटी– ३ बस्ने १७ वर्षीया सपना ओली, शान्तिनगर– ४ बस्ने ५५ वर्र्षीया खली ओली, बाँके कोहलपुर नगरपालिका– ४ बस्ने ३२ वर्षीया दिपा ओली, उहाँका छोरी १५ वर्षीया सङ्गिता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी र बर्दिया बासगढी मोतिपुर बस्ने २८ वर्षीया सुशीला राणा रहेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरी बस्ने ६० वर्षीया बिम्पा खत्री, तुलसीपुुुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने २८ वर्षीया सोभा बुढाथोकी र उहाँका छोरा सात वर्षीय लोकेन्द्र बुढाथोकी रहेका छन् । ताजाखबर बाट

२०७८ कार्तिक २३, मंगलवार ००:०१ 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार