२०७९ श्रावण ३१
  • काठमाडौँ

साउदी सरकारले तीन बर्षे बन्देज लगाउन सुरु !

प्रवास खबर – साउदी अरबद्वारा तीन बर्षे बन्देज लगाउन सुरु !

काठमाडौँ : साउदी अरबले आफ्नो मुलुकबाट अव नफर्किने गरी (बोलीचालिको भाषामा फिनिस) स्वदेश फर्केका बाहेक विदामा गएका विदेशी नागरिक भिसाको म्याद नसकिंदै

नफर्केमा तीन बर्षे बन्देज लाग्ने स्पष्ट पारेको छ । साउदी अरबको विदेशी नागरिकको आवागमन सम्वन्धि विषय हेर्ने सरकारी निकायले विदामा गएकाहरुको अवस्थालाई पूर्ण रुपमा

फर्किएकाहरुको मान्यता नदिईने स्पष्ट पारेको हो ।
साउदी गजेटका अनुसार त्यसरी साउदी अरबबाट बाहिरिएकाहरु भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन बर्षको बन्देज लाग्नेछ ।

तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भनें त्यस्ता विदेशीलाई बन्देज लाग्ने छैन । घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासिय अनुमति तथा भिसा स्वत: खारेज हुने पनि समाचारमा जनाइएको छ ।

२०७८ कार्तिक २२, सोमबार ००:३९ 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।