२०७९ असार १५
  • काठमाडौँ

युद्दले गर्दा केटाहरु देशबाट भागेपछि, युवतीहरु विवाह गर्न युवाहरु नै नभएपछि विवाहित पुरुषसँग विवाह गर्दै !

एजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु विवाह गर्न पाएका छैनन् ।

तर, विश्वमा यस्तो पनि राष्ट्र छ जहाँ युवतीहरु युवक नपाएका कारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते गरिरहेका छन् । सिरियामा भएको गृहयुद्धका कारण पुरुषहरुको संख्यामा कमी आएको छ । लाखौ युवाहरुले देश छाडिसकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो !

युवाहरुको कमी भएपछि युवतीहरु विवाहित पुरुषको कान्छी, माइली वा साइली दुलही सम्म बन्न तयार रहेका छन् । सिरियामा रहेका पुरुषहरुको जतिवटी श्रीमति भएपनि युवतीहरु विवाह गर्न राजी हुने गरेका छन् ।

सन् २०१० को तुलनामा सन् २०१५ मा बहुविवाहको आकडा ह्वात्तै बढेको थियाे । देशमा पुरुषहरुको संख्या महिलाको भन्दा थोरै रहेको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै रहेका छन् ।

धार्मिक हिसाबले बहुविवाह एक हल हुनसक्ने भएपनि महिलाहरुको संख्या उच्च भएपछि सजिलै समस्या हल नहुने बताइएको छ । समाजिक सुरक्षाका लागि भनेपनि विवाह गर्न नचहाने महिलाहरु पनि विवाहका गर्न हतारिएको बताइएको छ ।

२०७८ कार्तिक २१, आईतवार २३:४२ 0 Minutes 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार