२०७९ श्रावण ३१
  • काठमाडौँ

आज सल्यान बस दु’ र्घटनामा मृत्यु हुनेमा २९ बर्षिय तिलक ओलि पनि थिए ! उनी डाक्टर पढ्न नेपालगन्ज आउदै थिय !

सल्यान बस दु’ र्घटनामा मृत्यु हुनेमा २९ बर्षिय तिलक ओलि पनि ! उनी तिहार मनाएर डाक्टर पढ्न नेपालगन्ज हिडेका थिए !

दु’र्घटनामा परेर मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ। मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको बताए। तीमध्ये हालसम्म आठ जनाको सनाखत भएको छ।

दुई बालबालिकासहित थप दुई मृतकको सनाखत हुन बाँकी छ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।

त्यस्तै सल्यान शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया पर्भा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दु’र्घटनामा परेर मृत्यु भएको छ।

त्यस्तै थप ७ जना घाइतेको सल्यानमै उपचार जारी रहेको छ। बसमा ३० यात्रु सवार रहेका थिए। चालक अहिलेसम्म स’म्पर्कविहीन छन्।

सडकको ख’राब अवस्था र तीब्र गतिका कारण बस दु’र्घटनामा परेको अनुमान प्रहरीको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दु’र्घटनामा परेको थियो।

२०७८ कार्तिक २१, आईतवार १०:३२ 1 Minute 1294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।