
काठमाडौं। ब्राजिलकी सुपरस्टार गायिका मारिया मेन्डोंकाको २६ वर्षको उमेरमा शुक्रबार विमान दुर्घ’टनामा नि’धन भएको छ।
ब्राजिलको दक्षिण पश्चिमी राज्य मिनास गेराइसमा भएको दुर्घ’टनामा उनको नि’धन भएको हो। दुर्घ’टनाका बेला उनी एक कन्सर्टको लागि जाँदै थिइन् । दुर्घ’टनामा गायिका सहित अन्य ४ जनाको ज्या’न ग’एको छ ।
सीएनएनका अनुसार दुर्घ’टनाको कारण अझै अनुसन्धानको क्रममै छ तर शुक्रबार जारी भएको प्रारम्भिक जानकारी अनुसार विमान एउटा टावरबाट गएको केबलमा ठो’क्किएको थियो।
मिनास गेराइसका पुलिस प्रमुख इभान लोपेस सेल्सले शुक्रबार पत्रकार सम्मेलन मा अहिले नै दुर्घ’टनाको कारण यकिन गर्नु हतार हुने भए पनि दुर्घ’टनास्थलमा पाइएका अवशेसले विमान ख’स्नु अघि केही चीजसँग ठो’क्किएको संकेत गरेको बताए ।
देशकी चर्चित गायिक तथा ल्याटिन ग्रामी विजेताको नि’धनले ब्राजिलमा शो’कको लहर छ । फुटबल स्टार नेयमार सहितका चर्चित हस्तीहरुले गायिकालाई श्रद्धा’ञ्जली दिएका छन् ।
गायिका ब्राजिल अन सोपिफाइ २०१९ र २०२० मा सबैभन्दा धेरै सुनिएकी गायिका थिइन् । उनका इन्स्टाग्राममा ३८ मिलियन फलोअर छन् । गायिकाका निकटका साथी नेयमारले ट्वी’टरमा लेखेका छन् ‘म यो विश्वास गर्न अस्वीकार गर्छु, म अस्वीकार गर्छु ।’