२०७९ भाद्र १
  • काठमाडौँ

शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा.सङ्ज्ञा मल्ललाई राष्ट्र सङ्घीय पुरस्कार

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा.सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी डा.मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ।

डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुन्। उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

यो पनि, मुढा बनाएर दसैं तिहारमा घरखर्च पठाउँछन् कैदीबन्दी : तनहुँ कारागारका कै’दीबन्दी आम्दानीको स्रोततर्फ लागेका छन्।

विभिन्न अ’प’रा’ध’मा सजाय पाएर का’रा’गा’रमा रहेका कै’दीबन्दीले समयको सदुपयोग सँगै आम्दानीको स्रोतको बाटो अवलम्बन गरेका हुन्। कैदीबन्दीले कारागारभित्रै मुढा बुनेर आम्दानी गर्दै आएका छन् ।

का’रा’गा’र’मा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै उनीहरु मुढा बुन्न व्यस्त रहने गरेका छन् । मुढा बिक्री गरेर आम्दानी गरेको रकम कैदीबन्दीले घर पठाउने गरेका छन्।

कारागारका कैदीबन्दीले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए।पराजुलीका अनुसार कैदीबन्दीले मुढा बिक्री गरेर कमाएको रकम घरमा पठाउने गरेका छन् ।

‘विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कै’दीबन्दीले मुढा बिक्री गरेर दसैँ–तिहारमा घर खर्च पठाएका छन्’, उनले भने, ‘कैदीबन्दी यतिबेला मुढा बुन्ने, टायर राख्ने, बिट मार्नेलगायतका काममा व्यस्त छन्।’

कारागारमा मुढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि भएको पराजुलीले बताए। उनले भने,‘कारागारमा यत्तिकै बसिरह्यो भने पागलजस्तो भइन्छ।

मुढा बुन्ने कामले चाहिँ दिन काट्ने वातावरण बनेको छ।’ कैदीबन्दीका अनुसार एउटा मुढा तयार गर्न दुई/तीन दिन लाग्छ। कारागारमा रहेका कैदीबन्दीले दसैँ–तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन्।

दसैँ–तिहारमा मुढाको बढी माग हुने भएकाले चाडपर्वको बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याई हुने गरेको छ। मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन्।

यसरी काम गर्दा एक जनाले मासिक पाँचदेखि ६ हजारसम्म कमाई गर्ने गरेका छन्। कैदीबन्दीले बुनेका मुढा गुणस्तरीय र आकर्षक भएकाले बजारमा माग रहेको कारागारले जनाएको छ।

खबरहाउस बाट

२०७८ कार्तिक २०, शनिबार १७:५० 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।