२०७९ असार १५
  • काठमाडौँ

दु:खद खबर : तिहारकै बेला बैंकमा काम गर्ने ८ महिनाकी गर्भवती कृतिको मृत्यु

काठमाडौ : तिहार नलाग्दै राजधानीमा एक गर्भवती युवतीको निधन भएको छ ।

म’हा’मा’री’को लक्षण नदेखिए पनि उनको ज्या’न जानुको का’र’ण सं’क्र’मण नै भएको बताइन्छ ।

आमाको नि’ध’न हुनु अगावै आठ महिना लागेको ग’र्भ’को शिशुलाई सु’रक्षितसँग निकालिएको छ । शिशुलाई सं’क्र’म’ण देखिएको छैन, तर अवस्था ज’टिल भएकाले भेण्टिलेटरमा राखिएको बताइएको छ ।

३० वर्षकी छोरीको अवस्था खराब हुँदै गएपछि केही दिनअघि मृ’तक युवतीको आमाको हृ’दय पनि एकाएक बन्द भएको छ । नि’धन भएकी युवतीका श्रीमान सरकारी सेवाको सिलसिलामा सात समुन्द्रपारी जाने तयारी छन् ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा कार्यरत कृति थापामगरको तिहारको मुखैमा सं’क्र’म’ण’को कारण निधन भएको छ ।

यसअघि नै दुई डोज खोप लगाइसकेकी थापालाई परीक्षणसम्म पनि कुनै ल’क्ष’ण नदेखिएको पारिवारिक र कार्यालय स्रोतले बताएको छ ।

दुई जीउकी उनी दशैंमा टीका लगाउन उपत्यका बाहिर अर्थात् माइत जाँदा सं’क्र’मि’त भएको आशंका गरिएको छ । तर, दशैंपछि कुनै पनि ल’क्ष’ण भने नदेखिएको सबैले बताएका छन् ।

बैंकका उनका समकालीनहरु भन्छन्, ‘दशैंपछि थापाको हात गोडा सु’न्नि’एको थियो । पहिले थापाथलीस्थित नर्भिक अस्पतालमा जचाउँदा उनलाई गर्भावस्थाको कारणले शरीरका भाग सु’न्नि’एको भनियो । तर, क्रमशः अवस्था ख’राब हुँदै गएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरियो ।’

शिक्षण अस्पतालमा भर्ना गरेपछि अवस्था ज’टिल हुँदै गयो । छोरीको अवस्था जटिल हुँदै गएको कारण आमाको अप्रत्याशित निधन भएको हो । उता परराष्ट्र मन्त्रालयमा कार्यरत मगरका श्रीमान् भने यतिखेर सात स’मुद्रपारीको ब्राजिलस्थित नेपाली दूतावासमा जाने तरखरमा छन् ।

श्रीमानको ब्राजिलमा पोष्टिङ भएको छ । गर्भको शिशुलाई जन्माइएको दुई दिनपछि कृतिले यो संसार छाडेकी छन् । शिशुलाई सं’क्र’म’ण पुष्टि भएको छैन तर अवस्था अझै जटिल रहेको बताइन्छ ।

उनी कार्यरत बैंकको बैंकिङ विभागका एक जना कर्मचारीले भने, ‘सं’क्र’म’णको का’रण नि’धन भएको भनिएको छ । तर, उनमा संक्रमणको कुनै पनि लक्षण देखिएन ।

दशैंपछि उनमा देखिएको समस्या भनेको हात गोडा सुन्निएको मात्र हो । पेटको गर्भ सात पुगेर आठ महिना मात्र लागेको थियो ।’

कृति र उनका श्रीमानको तिहारलगत्तै ब्राजिलमा जाने र नौ महिना पुगेपछि शिशु जन्माउने योजना थियो । त्यसको लागि थापाले आफू कार्यरत विभागमार्फत् बिदाको निम्ति सम्पूर्ण

प्रक्रियासमेत पूरा गरेको बताइन्छ । तर, ब्राजिल उड्नु केही साताअघि नै उनले काठमाडौंमा बिना लक्षणको संक्रमणबाट देह त्याग गरेकी छन् । जनआस्था बाट

२०७८ कार्तिक २०, शनिबार ०३:५५ 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार