२०७९ असार १५
  • काठमाडौँ

काठमाडौंबाट जाँदै गरेको हाइस बाटोमै दुर्घटना

काठमाडौंबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दु’र्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

महोत्तरी बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते सबै जनालाई स्थानीयहरूले उद्धार गरी जनसेवा अस्पताल पुर्‍¥याएका छन् । ब्रे’क फे’ल भई हाइस मूल सडकबाट खेतमा खसेको चालक अमर माझीले बताएका छन् ।

चालक माझीलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासले निय’न्त्रण लिएको छ । घाइते कसैको पनि सनाखत हुन सकेको छैन ।

यस्तै महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठो’क्किँ’दा माेटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिवास -३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दु’र्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५ का सुन्धिर मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।

थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सुमो चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

२०७८ कार्तिक २०, शनिबार ०१:२२ 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार