२०७९ असार १५
  • काठमाडौँ

तिहारकै दिन वैदेशिक रोजगारमा हिँडेका युवाहरु…(हेर्नुस)

रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा काम गर्न जान लक्ष्मीपूजाको दिन बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थ लमा पुगेका युवा।काठ माडौं । आज तिहारको चौथो दिन– गोरु तिहार, हल तिहार र गोवर्द्धन पूजा गरी मनाईंदैछ ।

खेतबारी जोत्ने र गाडा तान्ने गोरुको सम्मान स्वरुप गोरु तिहार मनाइन्छ ।वर्षभरी अन्न उब्जा उन हलो तानी मानिसहरूको पा लनपोषण गर्ने गोरुको विशेष पूजा गरिएको हो । यस दिनलाई हल तिहार पनि भनिन्छ ।

सयपत्री लगायत अन्य फूलको माला उनेर गोरु र बहरलाई माला लगाई चामलको रोटी (बाबर) पकाएर खान दिइन्छ । गोरु पूजा गर्दा चामलको पिठोमा विभिन्न खालका रंग मिसाएर रंगिचंगी बनाई ढाडमा बुट्टावाला छाप बनाइदिने

गरिन्छआज गोवरलाई गोवर्द्धन पर्वतको प्रतिक का रूपमा गोवर्द्धन पूजा गरिन्छ । गोवर्द्धन पूजा तिहार चाडभित्रको एउटा प्रमुख पर्व हो । गोवर्द्धन पूजा सकिएपछि आजैदेखि देउसी खेल्ने चलन पनि छ ।

देउसीमा नाचगान गरी घर–घरमा आर्शिवाद बाँडिन्छ ।यस्तै, आजै नेवारी समुदायमा भने म्हः पूजा गर्दैछन् । नेवारी समुदा यका हरेक घर परि वारका सदस्यहरू भेला भएर म्हः पूजा गर्ने चलन रहेको छ । नेवारी भाषामा म्हः भनेको शरीर हो ।

म्हः अर्थात आफ्नै शरीरको पूजा गर्ने अनौठो र रोचक पर्वका रुपमा यो पर्व रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैं लाई आराधना गरी शरीरभित्रको चेतन  पुञ्जलाई पूजा गरिन्छ ।यसैबीच, आजबाट नेपाल सम्बत् पनि मनाइँदैछन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३५ वर्षअघि देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्बत् नै नेपाल संवत् हो । उक्त दिन आजै भएकोले नेपाल सम्बत् अनुसार नयाँ वर्ष मनाईन्छ ।

यस उपलक्ष्यमा ‘न्हू दँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ ।नेपाल सम्बत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विशेषतः नेवार समुदा यले मान्ने यो सम्बत् नेपालको मौलिक सम्बत् पनि हो ।

तत्कालिन अवस्थामा भक्तपुरका राजा राघव देवको आदेश अनुसार सरकारी कार्यालहरूमा यो सम्बत् लागू गरिएको थियो भने पछि चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो ।

नेपाल सम्बतको पहिलो दिन बिक्रम सम्बत् अनुसार कार्तिक शुक्ल पक्षका दिनमा पर्दछ । सम्बत् अनुसार एउटा औंसीबाट अर्को औंसी लाई एक चन्द्रमास गणना गरिएको छ ।

सोहि अनुसार १२ औंसीको एक वर्ष मानिए को छ, जस अनु सार ३५४ दिनको एकवर्ष हुन जान्छ । नेपाल सम्बत् अनुसार का महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ ।

यो सम्बत् हाल आधिकारिक रूपमा प्रयोगमा नआए पनि नेपाल सरकारले निर्णय गरी मान्यता प्रदान गरेको छ ।

२०७८ कार्तिक १९, शुक्रबार ११:१९ 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार