
कात्तिक – महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठो’क्किँ’दा माेटरसाइकल चालकको मृत्यु भएको छ ।
बर्दिवास -३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दु’र्घटना हुँदा मोटरसाइकल चालकको मृ’त्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५ का सुन्धिर मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।
थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
सुमो चालकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।
त्यस्तै जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दु’र्घटनामा परेकाे हाे ।
दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ । १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।
आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् । ताजाखबर बाट