२०७९ असार १५
  • काठमाडौँ

‘फुलन्देकी आमा’ का कारण ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने ! जीतु नेपाल के भन्छन ?

नेपाल टेलिभिजनवाट करिब डेढ वर्ष देखि प्रशारण हुँदै आएको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लब बन्द हुने भएको छ ।

हाँस्य कलाकार जितु नेपालले शो संचालन गर्दै आएका थिए । जितुले आगामी साता देखि कार्यक्रम बन्द हुने कुरा पुष्टि गरेका छन् । डेढ बर्ष भन्दा लामो समयदेखि प्रशारण हुँदै आएको कार्यक्रममा सहभागी एक कलाकार अर्को कार्यक्रमको होस्ट बन्ने भएपछि यो कार्यक्रम बन्द हुने भएको हो ।

यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ का कारण कार्यक्रम बन्द हुने अवस्थामा पुगेको हो । उनले अर्को एक रियालिटी शो होेस्ट गर्दैछन् ।

उनी अर्को कार्यक्रममा पनि फुलनदेकी आमाकै गेटअपमा जाने भएका हुन् । उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्ने भएका हुन् ।

एउटै ब्यक्ति एकै पटक एउटै गेटअपमा दुईवटा कार्यक्रममा देखिदा समस्या हुन सक्ने ठानेर जितुले कार्यक्रम बन्द गर्ने निर्णयमा पुगेको प्रतिकृया दिएका छन् । तर उनी यस अघि नै शो बन्द गरेर केही समय विश्राम लिने सोचमा भएको पनि बताए ।

एउटा औपचारीक कार्यक्रम मार्फत सबैलाई मायाको चिनो दिएर कार्यक्रम बन्द गर्ने औपचारीक घोषणा गर्ने जितुको योजना थियो । तर फुलनदेकी आमा अर्को कार्यक्रममा होस्ट गर्न जाने भएपछि जितुले यो योजना पनि पुरा गर्न पाएनन् ।

ताजाखबर बाट

२०७८ कार्तिक १८, बिहीबार ००:१४ 0 Minutes 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार