२०७९ असार १८
  • काठमाडौँ

आलोचित भिडियोबारे हमाल भन्छन्- गुनासो छैन, पाठ सिकेको छु

नायक राजेश हमालले लकडाउनपछि दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

उनले अभिनय गरेका केही भिडियोले दर्शकबाट आलोचना पनि भोगेका थिए । दर्शकले ‘महानायक भएर पनि यस्तो भिडियो गर्ने हो’ भन्दै प्रश्न उठाएका थिए ।

तर, नायक हमाल भने आफूलाई ती भिडियोहरु नगरेको भए हुन्थ्यो भन्ने नलागेको बताउँछन् । उनले अनलाइनखबरको प्रश्नमा भने, ‘मैले आफूले नै सोचेर काम गरेको हुँ ।

यसैले कुनै काम असाध्यै रुचाइन्छ भने कुनै कम रुचाइन्छ । कुनैमा दर्शकले तारिफ गर्नुहुन्छ भने कुनैलाई स्वीकार गर्नुहुँदैन । आफूले गरेका सबै काम सोचेजस्तो नहुन पनि सक्छ ।’

हमालले अगाडि भने, ‘कहिलेकाही आफूले एउटा सोंचिन्छ, तर परिणाम अर्कै आइदिन्छ । यस्तो बेला दुःख पनि लाग्छ । त्यसबाट पाठ सिकेर आगामी दिनमा त्यस्ता निर्णय नलिने प्रयास गर्ने हो ।’

अर्को एक प्रसंगमा हमालले चलचित्र निर्देशन गर्ने कुरामा हतार नगरेको बताए । रमाइलो जवाफ दिँदै उनले भने, ‘अझै पनि उमेर छ । किन हतार गर्ने हैन र ? के थाहा भोलि सबै कुरा भगवानले एकैपटक दिन्छन् कि ?’ अनलाइन खबर बाट

२०७८ कार्तिक १८, बिहीबार ००:१० 0 Minutes 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।