२०७९ मंसिर १५
  • काठमाडौँ

श्रीलङ्कामा झन्डै १२ अर्ब पर्ने संसारकै सबैभन्दा ठूलो नीलमणि फेला पर्‍यो

एजेन्सी । श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो नीलमणि भेटिएको छ । अधिकारीहरूका अनुसार नीलमणि स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको हो।

उक्त बहुमूल्य रत्न संयोगले भेटिएको जनाइएको छ । बीबी सीका अनुसार रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० केजी तौल भएको रत्न एकै ढिक्का मा फेला पारेको एक रत्न व्यापारीले बताएका हुन् ।

हल्का नीलो रङ्गको उक्त मणिले अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञहरूको भनाइ छ।

उक्त विशाल रत्नलाई “सेरन्डिपिटी सफायर” नामकरण गरिए को छ । “इनार खनिरहेका एक कामदारले हामीलाई केही दुर्ल भ पत्थरबारे जानकारी दिए।

पछि हामीले यो विशाल वस्तु भेट्यौँ,” उक्त मणिको स्वामित्व भएका गामागेले बीबीसीलाई बताए।

गामागेका बाबुबाजेले पनि रत्नको व्यापार गर्थे। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम र ठेगाना बताएनन्। विशाल नीलमणि फेला परेपछि गामागेले अधिकारीहरूलाई सूचित गरेका थिए।

झन्डै एक वर्ष लगाएर माटो तथा अन्य विकार हटाएपछि बल्ल उक्त पत्थरको विश्लेषण गरी नीलमणि भएको उनीहरूले प्रमा णित गरिदिए का थिए। गामागेका अनुसार सफा गर्ने क्रममा पत्थरको विशाल ढिक्काबाट केही टुक्रा झरेका थिए।

ती उच्चगुणस्तरीय स्टार सफायर भएको पत्ता लाग्यो। स्थानीय सिन्हला भाषामा रत्नपुरको अर्थ संस्कृतमा जस्तै रत्नहरूको सहर भन्ने हुन्छ। विगतमा पनि त्यहाँ अन्य बहुमूल्य पत्थर हरू फेला परेका थिए।

श्रीलङ्का नीलमणि र अन्य बहुमूल्य रत्नको ठूलो निर्यातकर्ता हो। गत वर्ष श्रीलङ्काले रत्न, प्रशोधित हीरा र जवाहिरातको निर्यात गरेर झन्डै ५० करोड डलर अर्थात् साढे ५९ अर्ब नेपाली रुपैयाँ आम्दानी गर्‍¥यो।

प्रसिद्ध रत्नविद् डा. गामिनी जोयसाले आफू ले पहिला कहिल्यै त्यति ठूलो रत्न नदेखेको बीबीसीलाई बताए। “सम्भवतः त्यो ४० करोड वर्षअघि बनेको हुनुपर्छ,” उनले भने ।

उक्त पत्थर बहुमूल्य भए पनि भित्र भएको सबै द्रव्य उच्च गुणस्तरीय नहुन पनि सक्ने केही विज्ञहरूको धारणा छ।

को’भिड महामारीका कारण लकडाउनले गर्दा देशको रत्न उद्योगले घाटा खेप्नुपरेको बेला उक्त बहुमूल्य रत्न फेला परेको हो।स्वतन्त्र अन्तर्रा ष्ट्रिय विज्ञहरूले विश्लेषण र

प्रमाणित गर्न अझै बाँकी भए पनि अन्तर्राष्ट्रिय क्रेता र विज्ञको ध्यान “सेरन्डिपिटी सफायर”ले आकृष्ट गर्ने श्रीलङ्काको रत्न उद्योगमा काम गर्ने व्यक्तिहरूको आशा छ ।

यो एउटा विशेष नीलमणि हो, सम्भवतः संसार कै सबै भन्दा ठूलो। यसको आकार र मूल्यका कारण हामीलाई निजी सङ्क लक वा सङ्ग्रहाल यले यसमा रुचि देखाउँछन् भन्ने लाग्छ,

राष्ट्रिय रत्न तथा जवाहिरात प्राधिकरणका अध्यक्ष तीलक वीरसिङ्घेले भने। बिबिसीबाट

२०७८ कार्तिक १७, बुधबार १२:४० 0 Minutes 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।