२०७९ श्रावण ३१
  • काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्रले तिरेको करबाट पालिएका ‘कर चोर नेताहरु’ले ज्ञानेन्द्रको खेदो किन खन्छ्न ?

पूर्व राजा ज्ञानेन्द्र शाहको विगत अनी सकारात्मक वा नकारात्मक पक्ष आफ्नो ठाउँमा छ। उनी उघोगपती – व्यापारी हुन , हजारौंलाई रोजगारी दिएका छन !,

देशको प्रमुख मध्यको एक करदाता हुन , उनले कर छलेको भए सरकारले कार्यवाही गर्न सक्छ र त्यो ढोका खुला छ । मलाई अचम्म के लाग्छ भने ज्ञानेन्द्रले तिरेको करबाट पालिएका कर चोरहरुले ज्ञानेन्द्रको खेदो गरिरहेका हुन्छन।

ज्ञानेन्द्रले हजारौंलाई रोजगारी दिएका छन तर उधोग सखाप पारेर लाखौंं नागरिकलाई विदेश जान वाध्य पार्ने ठगहरुले एउटा उधोगपती, करदाता पूर्व राजाको उछितो काढिरहेको देखिन्छ।

दलको भरियाहरुले विचार गर्नु पर्ने कुरा के हो भने यिनका नेताहरुले राज्यलाई कती कर बुझाएका छन ? कती रोजगारी सिर्जना गरेका छन ? राज्य सूविधा कती उपभोग र दुरुपयोग गरेका छन?

अनी ज्ञानेन्द्रले राज्यलाई कती कर तिरेका छन? कती रोजगारी दिएका छन ? राज्य सुविधा कती उपभोग गरेका छन ? यो सब आँकलन गरेर पूर्व राजा र आफ्नो नेताको मूल्यांकन गर्ने गर ।

मेरो मूल्यांकनमा त तिम्रा नेताहरु ठग – बेइमान महशुस हुन्छ अनी ठग – बेइमानको भारी बोक्नेहरुको चित्त र प्रवृत्ती पनि ठग – बेइमान नै हुन्छ ,एउटा ईमान्दार व्यक्तीले बेइमानको साथ दिन असम्भव हुन्छ । कर चोरेर खाने लूटाहाको भारी बोकेर करदाताको खेदो खन्नु अत्यन्त नीच र घटिया हर्कत हो है !

भएको कुरा लेखें तर म राजावादी चाँहीं होइन ल….. !

समस्या चोलेन्द्र को होइन , दल भित्रका झोलेन्द्रहरुको हो !

देशको अभिशाप चोलेन्द्र होइन झोलेन्द्रहरु हुन , विश्वमा कतै नहुने आश्चर्य नेपालमै हुन्छ , चोलेन्द्र बदमाश हुन , फटाहा हुन , भ्रष्ट्र हुन भने उनी बदमाश हुन भन्ने थाहा हुँदा हुँदै उनलाई प्रधान न्याधिश पद भिराउने नेताहरु कसरी सही हुन सक्छन ?

अहिले चोलेन्द्र को रजिनामा माग्ने सब का सब न्यायाधिस र वकिल हरु कुनै न कुनै दल का झोलेन्द्रहरु हुन , यि सब न्यायाधिसहरु कुनै न कुनै दल को चाकडी गरेर न्यायाधीस भएका हुन ,

र यि सब वकिलहरु कुनै न कुनै दल को झोला बोकेर लाभ को पद ताकेका छट्टुहरु हुन , चोलेन्द्र भन्दा बदमाश चोलेन्द्रलाई नियुक्त गर्ने नेताहरु हुन । तर तिनै नेताको झोला बोकेर अनी तिनैको ईशारामा चोलेन्द्रको रजिनामा माग्ने न्यायाधिस र वकिलहरु चोलेन्द्र भन्दा बदमाश फ’टाहाहरु हुन।

देशको अर्को अभिशाप देश भित्रको यस्तो गाइजात्रे प्रदर्शनमा चुप लाग्ने तथाकथित नागरिक हगुवाहरु हुन, गल्ती जसले गरे पनि आखिर गल्ती नै हो चाहे राजाले गरुन वा नेताले गरुन वा दलहरुले गरुन,

राजाले गरेको गल्तिमा सडक तताउने नागरिक हगुवहरु दल र नेताहरुले गरेका गम्भिर अपराधको साक्षी बस्नुले यि हगुवाहरु कहीँ बाट परिचालित रहेको सिद्ध हुन्छ नत्र गल्ती र अपराधमा दोहोरो मापदण्ड हुन सक्दैन । ताजाखबर बाट

२०७८ कार्तिक १७, बुधबार ०४:२७ 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।