२०७९ जेष्ठ ५
  • काठमाडौँ

लामो समयपछि मैदान फर्किरहेका विमलबारे यस्तो भन्छन् कोच अल्मुताइरी

काठमाडौ : नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अहिले नेपालमा छन् । उनी केही दिनअघि आफ्नो देशबाट थप केही वर्ष नेपालमा रहने तरिकाले यहाँ आएका हुन् ।

नेपाली टिमलाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएकोमा अहिले पनि प्रशिक्षक अल्मुताइरीको प्रशंसा भइरहेको छ । उनलाई खेलकुद मन्त्रीले पनि सम्मानका साथै स्वागत गरिसकेका छन् ।

अल्मुताइरीले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि हेर्ने छन् । यो लिगमा उत्कृष्ट प्रदर्शन गर्नेमाथि उनको नजर जानेछ ।

विगतमा पनि अल्मुताइरीले लिग अवलोकन गरेका थिए । जसबाट उनले केही युवा खेलाडीलाई राष्ट्रिय टिममा स्थान दिएका थिए । अल्मुताइरीले पछिल्लोपटक टिममा समावेश गरेका युवा खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

उनले ‘ए’ डिभिजिन लिगमा पनि केही प्रतिभावान खेलाडीलाई नजिकबाट नियाल्ने भएका छन् । अल्मुताइरीले नजिकबाट नियाल्ने खेलाडीको शीर्ष स्थानमा युवा स्ट्राइकर विमल घर्ती मगर छन् । विमल चोटका कारण लामो समय मैदान बाहिर रहे ।

लामो विश्रामपछि उनले ‘ए’ डिभिजिन लिगबाट मैदानमा फर्किदै छन् । उनले यो पटकको लिग मछिन्द्रबाट खेल्ने भएका हुन् । अल्मुताइरीले विमलको खुलेरै प्रशंसा गरेका छन् ।

नेपाल फर्किएलगत्तै उनले विमल प्रतिभावान खेलाडी भएको प्रतिक्रिया दिएका हुन् । ‘ए’ डिभिजन लिगमा विमलले राम्रो खेलेको हेर्न चोहेको पनि कोच अल्मुताइरीले बताए ।

उनले विमल नेपाली फुटबलको भविष्य रहेको पनि बताए । कोच अल्मुताइरीले उनको खेल नजिकबाट हेर्ने बताए । विमल पूर्णरूपमा फिट भएर खेलेको हेर्न चाहेको पनि उनले बताए ।

‘आसन्न ए डिभिजिनमा विमलले राम्रो खेलेको हेर्न चाहेको छु । उनी नेपाली फुटबलको भविष्य हुन्,’ कोच अल्मुताइरीले भनेका छन्, ‘म विमल पूर्णरूपमा फिट भएर खेल्न चाहेको छ । उनको खेल यसपालि नजिकबाट हेर्न चाहेको छु ।’

आसन्न संस्करणको ‘ए’ डिभिजन लिग २९ कात्तिकबाट सुरु हुँदैछ । एकल राउन्ड रोविन लिगको शीर्ष स्थानमा रहने क्लब नै च्याम्पियन बन्नेछ । लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख पाउने छन् । यसपटक लिगमा दुई क्लब रेलिगेसनमा पर्नेछन् ।

यसैगरी उपविजेताले २५ लाख पाउनेछ । एन्फाले क्लब तथा खेलाडीलाई उत्साहित बनाउन लिगको हरेक खेल जित्दा ५० हजार रुपैयाँ दिने जनाएको छ । यसैगरी खेल बराबरीमा समाप्त हुँदा दुवै क्लबले जनही २५/२५ हजार रुपैयाँ पाउनेछन् ।

यसैगरी उपविजेताले २५ लाख पाउनेछ । एन्फाले क्लब तथा खेलाडीलाई उत्साहित बनाउन लिगको हरेक खेल जित्दा ५० हजार रुपैयाँ दिने जनाएको छ । यसैगरी खेल बराबरीमा समाप्त हुँदा दुवै क्लबले जनही २५/२५ हजार रुपैयाँ पाउनेछन् ।

न्युज अपडेट बाट

२०७८ कार्तिक १६, मंगलवार १२:३२ 0 Minutes 479 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार