२०७९ असार १५
  • काठमाडौँ

सुशान्तकी पूर्व प्रेमीका अंकिताले विवाह गर्दै, यि हुन् उनका वेहुला

एजेन्सी । फिल्म र टेलिभिजन अभिनेत्री अंकिता लोखण्डेले विवाह गर्ने भएकी छन् ।

उनी दिवंगत अभिनेता शुसान्तसिंह राजपुतको पूर्व प्रेमीका हुन् । अंकिता र विक्की जैनको विवाहको मिति नजिकिएको छ । यद्यपी दुवैले विवाहको मितिबारे पुष्टि गरेका छन् ।

तर समाचारअनुसार अंकिताले आफ्नो जन्मदिन भन्दा एक हप्ता अघि अर्थात् १२ डिसेम्बरदेखि १४ डिसेम्बरको बीचमा विक्कीसँग विवाह गर्दैछिन् । अंकिताको जन्मदिन डिसेम्बर १९ मा पर्दछ । अंकिताले अभिनेता सुशान्तसिंह राजपूतको निधन पछि सुशान्तको परिवारलाई निकै सहयोग गरिरहेकी थिइन् ।

अंकिताका लागि सन् २०२० निकै उतारचढावपूर्ण रह्यो । उनका पूर्व प्रेमी सुशान्तसिंह राजपूतको जून १३ मा रहस्यमय किसिमले मृत्यु भएपछि उनी थप चर्चामा आएकी थिइन् ।

सुशान्तको निधनपछि उनी शोकमा थिइन् । अंकिता र सुशान्त करिब सात वर्षसम्म लिभ–इन–रिलेसनमा थिए । उनीहरु सन् २०१६ मा अलग्गिएका थिए ।

विक्की पेशाले व्यापारी हुन् । उनीसँग अंकिताको बोण्डिङ निकै मिलेको छ । उनीहरु सामाजिक सञ्जालमा आफ्नो रोमान्टिक क्षणलाई शेयर गरिरहन्छन् ।

२०७८ कार्तिक १५, सोमबार ०७:२७ 0 Minutes 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार