२०७९ श्रावण ३१
  • काठमाडौँ

जनसंख्या ब’ढाउनका लागि सित्तैमा जमिन र भत्ता !

काठमाडौं । संसारका अधिकांश विकासशील तथा कम विकशित देशहरुका लागि जनसंख्या वृद्धि समस्याको रुपमा रहेको छ ।

त्यसैले त्यस्ता देशका सरकारहरुले जनसंख्या वृद्धि नियन्त्रणका लागि विभिन्न खालका नीति नियम तथा कानूनहरु लागू गर्ने गरिरहेका छन् । तर संसारमा कतिपय यस्ता देशहरु पनि छन् जहाँ जनसंख्या बढाउनका लागि सरकारले जनतालाई विभिन्न खालका प्रलोभनहरु देखाउनु परिरहेको छ ।

हालै अष्ट्रेलियाको क्विल्पी सहरले एउटा अनौठो खालको नीति सार्वजनिक ग¥र्‍यो । जनसंख्या निकै कम भएको उक्त सहरको प्रशासनले सहरको जनसंख्या बढाउनका लागि सित्तैमा जग्गा बाँड्ने योजना अगाडि सारेको छ ।

हाल सहरको जनसंख्या जम्मा ८ सय मात्र छ। न्यून जनसंख्या सहरको अस्तित्वका लागि समेत चुनौती बनिरहेको छ । त्यसैले नगर प्रशासनले जनसंख्या बढाउन नयाँ उपाय खोजेको हो ।

उक्त सहरमा गएर घर बनाएर बसोबास गर्न चाहने अष्ट्रेलियन नागरिकलाई सित्तैमा जग्गा मात्र होइन भत्ता पनि दिने स्थानीय प्रशासनको भनाइ छ । सित्तैमा जग्गा र भत्ता दिने योजना अगाडि सारे पनि यो सफल हुनेमा स्थानीय नगर प्रशासनलाई आशं’का थियो । तर सो योजनाले अप्रत्याशित रुपमा आकर्षण गराएको छ ।

हालसम्म अढाइ सयभन्दा धेरै मानिसले नगर प्रशासन समक्ष उक्त योजनाका विषयमा चासो व्यक्त गर्दै आवेदन दिएका छन् । उक्त योजना केवल अष्ट्रेलियन नागरिकका लागि मात्र भएता पनि

त्‍यहाँ बस्‍दै आएका मानिसहरुलाई थाहा नुहँदा कतिपय भारत, बेलायत, हङ्गकङ्ग तथा न्यूजिल्याण्डबाट समेत मानिसहरुले सोधपुछ गरिरहेको त्यस नगरका अधिकारीहरुले जनाएका छन् । खबरहाउस बाट

२०७८ कार्तिक १५, सोमबार ०४:५७ 0 Minutes 317 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।