
पोखरा। पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका श्रीप्रसाद बास्तोलाले आज आफ्नै घरमा आ’त्म’हत्या गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै उनले पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफैँ पनि चैट हुनुपरेको लेखेर आ’त्म’हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमाल का अनुसार हिजो राति आफ्नै घरमा उनलाई झु’ण्डि’ए’को अव’स्थामा भेटिएको हो । प्रवक्ता हमालका अनुसार मृतकका भाइले अन्तिम संस्कारका लागि प्रहरीमा निवेदन दिएका छन् ।
हिजो राती ३ः३० मा सामाजिक सञ्जाल फेसबुकमा आ’त्म’हत्या गर्नुपर्ने कारण र आफूलाई फसाउन प्रपञ्च गर्ने व्यक्तिहरुको नामसहित उल्लेख गरेर श्रीमप्रसादले आ’त्म’हत्या गर्न लागेपछि
अमेरिकामा रहेकी उनकी दिदीले त्यो स्टाटस देखेर तुरुन्तै नेपालमा रहेका भाइलाई खबर गरेकी थिईन् । भाइको घरभन्दा अलि पर रहेका दाइको घरमा पुगेर तत्कालै खोज्दा झु’ण्डि’एको अ’वस्थामा भेटिएका थिए ।
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्म’हत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनु’सन्धान गर्न सकिने जनाएको छ ।
उनले आफ्नो मृत्युपछि लास न’ज’ला’उ’न र गा’डिदिन तथा कि’रि’यामा कोही नबस्न समेत भनेका छन् । साथै उनलाई फसाउन गरिएका षडयन्त्र र मतियारहरुको नाम समेत स्टाटसमा उल्लेख गरेका छन् । न्युज24 टिभी बाट