२०७९ असार १५
  • काठमाडौँ

को’रोनालाई सामान्य ठान्दा गयो ज्यान

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका – ३ बडहराका ४२ वर्षीय गोपाल केसी १० दिनअघिसम्म जीम गईरहेका थिए ।

वर्षौैदेखि जिम गर्दै आएका केसीले को’रोनाको दुई वटै खोप पनि लगाईसकेका थिए ।

उनी नियमित व्यायामका कारण स्वस्थ देखिन्थे ।एक साता अघि ज्वरो र खो’की लागेपछि उनले मेडिकल पसलबाट औ’षधी ल्याएर खान थाले ।

जव मेडिकलबाट ल्याएको औ’षधीले काम गरेन । आईतवार साँझ उनी बरिष्ठ फि’जिसियन डा. शुभेषराज कायस्थको क्लिनिकमा पुगे ।

डा.कायस्थ उनको अवस्था देखेर आत्तिए । र स्वास्थ्यमा किन यति ला’परबाही गरेको भनेर उनी झ’र्किए । डा.कायस्थ भन्छन्, “म कहाँ आउदा

केसीको शरीरमा अक्सिजनको लेवल ३५ प्रतिशत थियो र सास तिब्र रुपले बढिरहेको थियो । को’रोनासंगै उनलाई क’डा खालको नि’मोनिया भएको र त्यसले फोक्सोमा असर गरिसकेको देखिन्थ्यो ।

ए’क्सरे गर्दा फोक्सो ड्यामेज देखियो ।”डा. कायस्थले तत्काल केसीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न लगाए । आईतवार साँझ नोभा अस्पतालमा भर्ना गरिएका केसीलाई अक्सिजन चढाउदा पनि उनको

अक्सिजनको स्तर ५० प्रतिशतभन्दा माथि उक्लिएन । र उपचारकै क्रममा भर्ना भएको २४ घण्टा नबित्दै सोमवार साँझ केसीको नोभा अस्पतालमा मृ’त्यु भयो ।

धनगढीमा यतिधेरै अस्पताल छन्, डा. कायस्थले भने, घर छेउमै भएका अस्पतालमा उपचारका लागि नगएर मेडिकल पसलबाट किनेर ल्याएको

औ’षधीको भर पर्दा केसीको ज्यान गएको हो ।कोरोना परीक्षण नगरी आफू खुशी औ’षधी लिदा यसरी ज्यान गु’माउने केसी पहिलो भने होईनन । धनगढीमा थुप्रैले यसैगरी ज्यान गुमाएका छन् ।

सेती अस्पतालको कोरोना अस्पतालको आ’ईसियुमै केही समय पहिले उनको मृ’त्यु भयो ।दशैं अघि यसैगरी भजनीकी २० वर्षीया किशोरीको मृ’त्यु भयो । काठमाण्डौंमा स्नातक तहमा पढ्दै गरेकी उनी बिदामा घर आएकी थिईन । उनलाई पनि ज्वरो र खोकी लागेका थियो ।

केही दिन मेडिकल औ’षधी खाईन । त्यसले निको नभएपछि उनलाई परिवारजनले उपचारका लागि नेपालगञ्ज हुदै लखनउ लगे ।लखनउमा उपचारका क्रममा उनको दशैं अघि मृ’त्यु भयो । त्यसको केही दिनपछि बौनियाका २७ वर्षीय एक युवकको पनि यसै गरी मृ’त्यु भयो ।

सेती प्रादेशिक अस्पतालका कन्सलट्याण्ट फि’जिसियन डा. निराजन शर्मा को’रोनालाई सामान्य रुपमा नलिन आग्रह गर्छन ।पहिले नै कोरोना भईसकेकोले अव फेरि को’रोना हुदैन भन्ने हुदैन, डा।शर्मा भन्छन्, र

एक पटक को’रोना भईसकेको र दुई वटै खोप लगाईसकेको मान्छेलाई फेरि कोरोना लागे जो’खिम हुदैन भन्ने भ्र’म पालेका कारण अकालमा थुप्रैले ज्यान गुमाईरहेका छन् । को’रोना सामान्य होईन । ला’परबाही नगरौ ।

२०७८ कार्तिक ११, बिहीबार ०८:२० 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार