
काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अब थप तीन वर्ष नेपालमा बसेर खेलाडीहरुलाई प्रशिक्षण दिने भएका छन् ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलमा अल्मुताइरीले थप तीन वर्ष नेपालमा बसेर प्रशिक्षकको भूमिका निर्वाह गर्न सहमत भएका हुन् ।
अब, एन्फा र अल्मुताइरीबीच थप तीन वर्ष वर्षका लागि सम्झौता हुनेछ ।
प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले आफू थप तीन वर्षका लागि नेपाल फर्किएको र आगामी २ वर्षे योजनाहरु बनाउने पनि बताएका छन् ।
उनले नेपाली फुटबल प्रेमी, दर्शक सबैलाई धन्यवाद समेत दिएका छन् । न्युज24 बाट
२०७८ कार्तिक १०, बुधबार १२:५३
0 Minutes
282 Views