
धनगढीमा प्रहरीनिरिक्षक र प्रहरी जवानकको ह’त्यामा संलग्न ९ जनालाई जन्मकै’दको फै’सला
धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको ह’त्या अभि’योग लागेका ९ जनालाई जन्मकै’दको फै’सला सुनाइएको छ।
कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकै’दको फै’सला सुनाएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना ।
अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना ।
२९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकै’दको फैस’ला सुनाइएको जिल्ला न्यायाधीश पनेरूले जानकरी दिए।
उनका अनुसार राजिव गुप्ताले भने सफाई पाएका छन्। उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ह’त्यामा संल’ग्न भएको आ’रोपमा पक्रा’उ गरिएको थियो।
उनीहरुले नेपालबाट भारत सामान त’स्करी गर्दा प्रहरीले अव’रोध सिर्जना गरेपछि आक्रमण गरी ह’त्या गरेको स्वी’कार गरेका थिए।