
काठमाडौँ । मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्य’व्यङ्ग्य कार्यक्रमका निर्णायक हुन् ।
उनले आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरी पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक व’नावटको समेत न’क्कल गर्छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विश्व स्वास्थ्य सङ्गठनको महा–निर्देशक
टेड्रोस एड्हानोम गेहब्रेयसस, देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्।
अमेरिकी अनलाइन सिबिएस न्युजले उनलाई विश्वका १८ ट्रम्प प्रतिरूपणकर्ता हास्य कलाकारको सूचीमा राखेको छ। यसै कारण उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ।
उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन्। उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन्।
विद्यार्थी राजनीतिबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका मनोजले पत्रकारिता विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्। उनी सिस्नुपानी नेपाल नामक संस्थाका उपाध्यक्ष गजुरियल गार्डेन प्रालि का अध्यक्ष, गजुरियल डटकमका सम्पादक तथा माइडियर इभेन्ट्स एन्ड क्रिएसनका निर्देशक हुन्।
मूल्याङ्कन मासिकसँग आवद्ध पत्रकार गजुरेल वि.सं. २०५२ देखि इन्सेकसँग संबद्ध रहेर मानव अधिकारको क्षेत्रमा पनि संलग्न छन्। उनले नेपालमा पहिलोपटक भएको हास्य प्रतिभा कार्यक्रम कमेडी च्याम्पियनमा निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन्।