२०७९ असार १४
  • काठमाडौँ

बाजेको १३ औं दिनको शुद्ध शान्ति गरेर पढाई को लागी दाङ हिडेका आषिश, जाे सधैका लागि अस्ताए

सल्यान : आइतबार सल्यानकाे मुलपानीमा भएकाे सवारी दु’र्घटनामा बागचौर नगरपालिका वडा नम्बर १ का १७ बर्षीय आषिश बस्नेतको मृ’त्यु भयो ।

सल्यानको थारमारे बाट दाङको तुलसीपुर तर्फ आउँदे गरेको भे १ च १८९० नम्बरको डबल क्याप बाेलेराे राप्ती राजमार्ग अन्तरगत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी नजिक दु’र्घटना हुँदा आषिशकाे मृ’त्यु भयाे भने अन्य ६ जना घाइते भए ।

घा’इते हुनेमा आषिशका सहोदर भाइ १४ बर्षीय आयुश पनि थिए । अहिले आयुशको अवस्था सामन्ने छ । तर, गम्भीर घाइते आषिशको भने उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृ’त्यु भयो ।

बस्नेतका दाजु भाइ दाङको तुलसीपुरमा कोठा भाडामा बसेर पढ्ने गर्दथे । आषिशले तुलसीपुरस्थित गोरखा माविमा कक्षा १० (ए) सेक्शनमा पढ्थे । उनका भाइ आयूश सोही बिद्यालयमा कक्षा ८ मा अध्यनरत छन् ।

बिद्यालयका संस्थापक प्रिन्सिपल बिजय जिएमका अनुसार विद्यालय स्थापना कालदेखि २०६८ सालदेखि नै आषिशले उक्त बिद्यालयमा पढ्दै आएका थिए ।

उनकी दिदी अम्बिकाले पनि सोही बिद्यालयबाट आइएसी गरेर हाल काठमाडौं पढ्न गएको हुँदा दाजु भाइ मात्रै तुलसीपुरमा बसेर पढ्दै आएका थिए ।

पढाईमा दाजु भाइ नै अब्बल थिए । उनीहरुका बुवा हिरालाल बस्नेत थारमारेमा पढाउँछन् । प्रिन्सिपल जिएमका अनुसार आषिश कहिलै सेकन्ड भएनन् ।

‘आषिश हाम्रो बिद्यालयमा भर्ना भएदेखि कहिलै सेकन्ड भएको रेकर्ड थिएन,’ उनले भने ‘ यसपाली एसइईमा पनि आषिशको ठूलो भरोसा थियो । बिद्यालयको फष्ट ब्याए गुमाउँदा हामी निकै मर्माहत भएका छौं।’

सोमबार बेलुकी मात्रै तुलसीपुरको सितलपुर घाटमा आषिशको अन्तिम संस्कार गरिएको छ । उनका बुवा हिरालाल घ’ट’ना सुनेदेखि नै बेहोस छन् ।

त्यसैले उनी छोराको अन्ते’ष्टिमा जान नसकेको प्रिन्सिपल जिएमले बताए । गोरखा माविले सोमबार आषिशको मृ’त्युको शोकमा बिद्यालय बन्द गरेको प्रिन्सिपल जिएमले बताए ।

प्रिन्सिपल जिएमका अनुसार यो बीचमा आषिशका बाजेको मृ’त्यु भएको थियो । बिद्यालय कात्तिक ४ गतेदेखि नै सञ्चालन भएपनि बाजेको शुद्ध शान्ति सकेर मात्रै उनीहरु बिद्यालय फर्किदै थिए ।

बाजेको १३ औं दिनको शुद्ध शान्तिको कार्यक्रम अघिल्लो दिन सकेर दाजु भाइ बिद्यालय आउने क्रममा दू’र्घटनामा परेको पारिवारीक बिद्यालय परिवारले जानकारी दिएको छ ।

बाजेको मृत्युको १५ दिनमै आषिशको पनि मृ’त्यु भएको पारिवारीक स्रोतले बताएको छ । फरककोण बाट

२०७८ कार्तिक ९, मंगलवार १३:५२ 1 Minute 426 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार