२०७९ श्रावण ३१
  • काठमाडौँ

जसले : एकै पटक परिवारका २१ जना गु’माएर एक्लिनुको पीडा !

दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो। उठेर बाहिर आउँदा घरवरिपरि खोला जत्रै पानीको भल ब’गिरहेको थियो। गाउँको पुछारमा बग्ने डिक्ली गाडखोला चर्को आवाजले ग’ड’ग’डा’इ’रहेको थियो ।

बझाङको थलारा गाउँपालिका–४, डिक्ला गाउँको पूर्वी कुनामा बस्ने पार्की आत्तिए । उनको घरभन्दा करिब १ किलोमिटर माथि ढोगदिना डाँडामा गत वर्ष नै सानो पहिरो सुरु भएको थियो ।

ढोग दिनाको पहिरो फुट्यो भने घर रहँदैन भन्ने डर उनमा थियो । ‘मान्छे त जोगाउनु पर्‍¥यो भनेर आमा, श्रीमती र केटा केटीलाई ब्युँझाँए । झरीमै हामी सबै छिमेकी गगने सार्की को घर गयौं,’ ५५ वर्षीय पार्कीले सुनाए ।

करिब सय मिटर दूरीमा रहेको पार्कीको घरमा (जहाँ १८ जना थिए) जहान परिवार पुर्‍¥याएपछि अब त सुरक्षित भइयो भनेर ढुक्क भएका उनले एक्का\सि सम्झे– पहिरोले घर नै बगायो भने के खाने ?

गगनेका छोरा कलकलाई लिएर घर फर्के अनि एकएक बोरा धान उठाए । ‘आमाको औषधि र केटाकेटीको ओढ्ने लुगा पोको पारेर फर्किन के लागेका थियौं, एक्कासि ठूलो आवाज सहित पहिरो फुट्यो,’

पार्कीले भने, ‘कुहिरो र झरीको अँध्यारोमा पहिरो झर्दा खसेका ढुंगा आपसमा ठो’क्किएर आगोका झि’ल्का उठ्न थाले । हामी दुवै भागेर पर पुग्यौं ।’

करिब २० मिनेटसम्म गड्याङगुडुङ आवाज सहित पहिरो खसिरह्यो । ढुंगा ख’स्न रोकिएपछि कलक र नरे घर नजिक आए । नरेको घर केही भएको रहेन छ । जुन घर सुरक्षित भनेर केही बेर अगाडि परिवार छाडेर आएका थिए,

त्यो घर र वरिपरिका अरू ६ घरको नामोनिसान थिएन । उज्याले हुन्जेलसम्म आधा गाउँ नै बगर बनिसकेको थियो । कलकका परिवारका १८ र नरेका ५ गरी २३ जना बसेको घरलाई बीचमा पारेर १ किलोमिटर जति प’हि’रो फै’लिएको थियो ।

बुधबार दिउँसो मात्रै केही सम्हालिएका नरे अब एक्लो भएका छन् । जीवनको उत्तरार्द्धमा एकै पटक सबै परिवार गु’माएर एक्लिनुको पी’डा त उनको मनमा छँदै छ,बिहानै सपरिवार गगनेको घरमा न पु¥र्‍याएको भए ।

कसैलाई केही नहुने रहेछ भन्ने पछुतोले उनलाई झन् विक्षि’प्त बनाउने गरेको छ । ‘आफ्नै घरमा राखेको भए केही नहुने रहेछ,’ उनले रुँदै भने, ‘उता सुरक्षित होला भनेर पुर्‍¥याएँ, मा’र्न पठाए जस्तो भयो ।’

आमा, श्रीमती, चार छोराछोरी, भाइ, भाइबुहारी र भतिजा भतिजी गरी १७ जना परिवारका सदस्य गु’माएका कलक सार्की को अवस्था झन् पी’डादायी छ ।

छिन’छिनमा बेहो’स हुने उनका आँखा रुँदारुँदा राता भइ सकेका छन् । ‘जे हुनु भइहाल्यो भनेर मन बुझा उने प्रयास गर्छु,’ उनले भने, ‘यस्तै देख्नका लागि म मात्रै किन बाँचे हुँला जस्तो लाग्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

२०७८ कार्तिक ९, मंगलवार १२:५६ 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।