
काठमाडौ
गड्यौलीका २० वर्षीय मानबहादुर तामाङले मोबाइलको सेल्फी भिडियाेमा स्वतःस्फूर्त बोलेका कुरा अहिले टिकटकमा भाइरल भएको छ।
उनले बनाएको भिडियाेको सानो अंश ‘के हो, कहाँ हो? म यहाँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म…’ लाई मान्छेले यति धेरै मन पराए, त्यसमा आफ्नो भिडियाे बनाएर टिकटकमा पोस्ट गर्नेहरूको क्रम बढेको छ।
टिकटक हुँदै फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि उनको बोलीको त्यो अंशलाई रमाइलो ढंगले प्रस्तुत गरिरहेका छन् । त्यसमा प्रशस्त मिम बनिरहेका छन्। केही सेकेन्डको त्यो भिडियाे टिकटकमा मात्रै २७ लाख भन्दा बढीले हेरेका छन्।
के गर्छन् मानबहादुर
मानबहादुर पूर्व-पश्चिम राजमार्गसँग जोडिएको गड्यौली क्षेत्रमा ज्यालादारी काम गर्छन् ।
भर्चुअल संसारबाट परै रहेका मानबहादुर स्थानीय शिक्षक गणेश लामासँग नजिकिन्थे। गणेशले नै उनको भिडियाे हालेका थिए ।