२०७९ श्रावण २६
  • काठमाडौँ

पाँचथरमा बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

पाँचथर, ९ कात्तिक – बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ ।

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बा’ढीले ब’गा’ए’र बे’पत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ।

मालुवा आएको बा’ढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई ब’गा’ई बे’पत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यससँगै पाँचथरमा बा’ढी’प’हि’रा’मा परी कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बा’ढी’प’हि’रामा परी अझै तीन बे’पत्ता छन् । उनीहरु सबै जिल्लाको मिक्लाजुङ गाउँपालिकाका हुन् । बे’पत्ताको खोजीका लागि प्रहरीको तालिमप्राप्त कुकुर झिकाइएको छ ।

तालिमप्राप्त कुकुरसहितको टोली सोमबार मिक्लाजुङ–४ रबि आइपुगेको र आजदेखि खोजी सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । ताजाखबर बाट

२०७८ कार्तिक ९, मंगलवार ०८:१७ 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।