२०७९ असार १४
  • काठमाडौँ

एभरेष्ट साप्ताहिकका प्रकाशक सम्पादकको खोटाङमा भीरबाट ख’सेर मृत्यु

धरानबाट हङकङ गएर दुई दशकयता पत्रकारिता गरिरहेका किसन राईको खोटाङमा भी’रबाट ख’से’र खोटाङमा मृ’त्यु भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ स्थित पंखु खोला भी’रबाट हिजो साँझ करिब ५ बजेतिर ख’से’र पत्रकार राईको मृ’त्यु भएको हो। खोटाङका डिएसपी उमेश लम्सालका अनुसार घ’ट’ना स्थल सदरमुकाम दिक्तेलबाट करिब ९ किलोमिटर टाढा पर्छ।

साथीहरुसँग गाडीमा खोटाङ, भोजपुर हुदै धरानतर्फ आइरहेका राई ट्वाइलेट जाने क्रममा भी’रबाट ख’से’को डिएसपी लम्सालले जानकारी दिए। उनले भने, ‘नयाँ ठाउँ भएर पनि होला भेउ पाउनु भएनछ। भीरबाट करिक २ सय मिटर तल ख’से’र मृ’त्यु भएको छ।’

मृतकको शव हस्पिटलमा राखेको र थप अनु’सन्धान भइरहेको खोटाङ प्रहरीले जनाएको छ। आफन्तहरु आएपछि शवको पोष्टमार्टम गर्ने डिएसपी लम्सालले बताए। घ’ट’ना करिब ५ बजे तिर भएको थियो। प्रहरीले भने करिब७ बजेतिर खबर पाएको थियो।

घ’ट’नाबारे जानकारी पाएपछि इन्स्पेक्टरको टोली गएको र मृतकको शव आज बिहान २ बजे मात्र जिल्ला सदरमुकाम लगेको थियो। मृ’तक पत्रकार राई गत साता हङकङबाट नेपाल आएका थिए। उनी पश्चिम नेपाल भ्रमण गरेर खोटाङ हुदै भोजपुरतर्फ आउने क्रममा यो घ’ट’ना भएको हो।

मृतक राई धरानमा रहदा ज्ञानोदय बोर्डिङ स्कुल पनि सञ्चालन गरेका थिए। हङकङ गएपछि दुई दशकदेखि नेपाली भाषाको पत्रिकार एभरेष्ट प्रकाशन, सम्पादन गरिरहेका थिए। यो पत्रिका विदेशी भुमिबाट लामो समय प्रकाशन हुने एक मात्र पत्रिका हो।

मृ’तक राई नेपाल पत्रकार महासंघ हङकङको अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ हङकङको अध्यक्ष, एनआरएनए हङकङको उपाध्यक्षलगायत संघसंस्थाहरुको नेतृत्वदायी भुमिका पनि निर्वाह गरेका थिए। हालै मात्र उनलाई हङकङ सरकारले सम्मान गरेको थि¥यो। नागरिक न्युज बाट

२०७८ कार्तिक ८, सोमबार १३:०१ 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार