२०७९ असार १८
  • काठमाडौँ

तिहार नजिकदै गर्दा पाँचथर मा बस दु”र्घटना : दुई जनाको मृत्यु , ६२ जना घाइते

पाँचथर – पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो ।

उनीहरूको सनाखत भने भएको छैन् । उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् ।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रिफर गरेको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत १० जनालाई थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करिब ११ः३० बजे सडकबाट झरेको थियो ।

अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए । ताजाखबर बाट

२०७८ कार्तिक ८, सोमबार १०:०६ 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।