२०७९ श्रावण ३१
  • काठमाडौँ

हिन्दु राष्ट्र नेपाल पुनर्वहालीको माग गर्दै विराट धर्मसभा हुँदै

काठमाडौं । हिन्दु राष्ट्र नेपाल पुनर्वहालीको माग गर्दै रुपन्देहीको भैरहवामा आजदेखि विराट धर्मसभा शुरु हुने भएको छ ।

विश्व ओमकार एकता महाभियानले आयोजना गरेको धर्मसभा आज र भोलि चल्ने छ ।

धर्मसभामा जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन बढी भारतीय धर्मगुरु सहभागी हुनेछन् ।

नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउने पहल तथा ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको आयोजकहरुले बताएका छन् ।

जगतगुरु शंकराचार्यले आजै धर्मसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सय भन्दा धेरै संस्थाका

धर्मगुरुहरु सहभागी हुदैछन् । सभा शुरु हुनु अघि भैरहवा गल्लामण्डीको हनुमान मन्दिरबाट वृहत शोभा कलश यात्रा निकाल्ने कार्यक्रम रहेको छ । पुर्बआवाज बाट साभार

२०७८ कार्तिक ८, सोमबार ०७:१६ 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।