२०७९ असार १४
  • काठमाडौँ

वैदेशिक रोजगार विभागका डिजीमाथि कार्यकक्षमै हातपात

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक (डिजी) दिपक काफ्लेमाथि बुद्धनगरस्थित कार्यालयभित्रै हातपात भएको छ ।

आइतबार बिहान कार्य कक्षमै डिजी काफ्लेमाथि दूव्र्यवहार भएको विभागका सूचना अधिकारी कमल ज्ञवालीले न्यूज २४लाइ जानकारी दिए ।

उनका अनुसार डिजीमाथि कार्यकक्षमै हातपात गर्ने व्यक्ति पार्टीका कार्यकर्ता रहेका छन् । यस विषयमा डिजी काफ्लेलाई सम्पर्क गर्दा फोन उठेन ।

विभागका सूचना अधिकारी ज्ञवालीका अनुसार कार्यालयमा आएका समूहको कार्यशैली हिं,स्रक थियो ।

डिजी काफ्लेमाथि हातपात प्रयास गर्नेहरुलाई हाल बानेश्वर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हातपात गर्ने व्यक्ति मादक पदार्थ सेवन गरेर पनि बताइएको छ ।

केही दिनअघि खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सीके राउत नेतृत्वको पार्टीका कार्यकर्ताले हातपात गरेका थिए । न्युज२४ बाट

२०७८ कार्तिक ७, आईतवार २२:२२ 0 Minutes 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार