
काठमाडौ : नवलपुर जिल्लाको रजहरमा एउटा अनौठो घटना भएको छ । नवलपुरमा महिला रहेकी मनकुमारी विदेश जान भनेर दुवई पुगेपछि उनी अचानक पुरुष बनिन् ।
जिल्ला प्रशासन कार्या लयको लापरवाहीका कारण अनाहकमा एउटा विपन्न परिवा रको महिलाले लाखौं रुपैया गुमाइन् ।
उनी वैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई जाने तयारी गरिन् । आफ्ना दाजुभाईको सहयोगमा उनी दुवई जान भनेर नेपालवाट गइन् । उनी दुवई पनि पुगिन् तर दुवईको विमा नस्थल मा पुगेपछि भने उनी झसंग भइन् ।
उनले दुई वर्ष अघि नै पासपोर्ट बनाएकी थिइन् । विदेश जाँदा उनले अनेकौ प्रकृया पुरा गरिन् । मेनपावरले सोही पासपोर्टका आधारमा उनको भिषा लगाइदिएको थियो ।
त्यतीबेला पनि पासपोर्टमा भएको त्रुटी थाहा भएन । जिल्ला प्रशासन कार्यालयले पासपोर्ट बनाउँदा उनलाई पुरु,,ष भनेर लेखिदिएको कसैले पनि थाहा पाएनन् ।
उनको पासपोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ ।नेपालको विमानस्थल वाट जाँदा त्यहाँका कर्मचारीले उनलाई महिला हो वा पुरुष भनेर हेरिदिएनन् । उनी सो पासपो र्ट देखाएर दुवई पुगिन् ।
दुवईवाट फर्काइएपछि उनलाई विमानस्थलले फाइन तिरायो । भिजिट भिषा पठाउँदा पनि दुवईमा पनि कसैले हेरेनन् । भाई हरुको सहयोग मा उनको भिषा लगाइएको थियो ।
भिजिट भिषामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् । अहिले उनको पासपोर्ट विमास्थलमै राखिदिए को छ ।
त्यो पासपोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चा,,हिन्छ भनेपछि उनले त्यो पैसा तिर्न सकेकी छैनन् । उनले आफै पनि ८ कक्षा पढेकी छन् उनले पनि दुई वर्ष सम्म पासपोर्ट हेरिनन् ।
भिजिट भिषामा विदेश जान भनेर उनले महिना को ३ प्रतिशत ब्याजमा एक लाख ५० हजार रुपैया ऋण लिएको बताएकी छन् ।