२०७९ असार १४
  • काठमाडौँ

जिपलाइनमा प्रचण्ड सरर यसरी मज्जा लिए ( तस्बिर सहित )

काठमाडौ । त नाव कम गर्न भन्दै काठमाडौ छोडेका पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धुलिखेलको जिपलाइन पुगेका छन् ।

उनी परिवार सहित विहिवार काठमाडौ बाहिर निस्केका थिए । शुक्रवार उनी पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्।

बेला बेलामा प्रचण्ड कामको बोझ कम गर्न घर वाहिर निस्कने गरेका छन् । उनी विहिवार पनि परिवार सहित त नाव कम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुगेका थिए।

फर्कने क्रममा परिवारसँगै उनले जिपलाइनको मज्जा लिएका हुन्। नाति नातिनीसहित पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन्।

उनले आफुलाई यस्ता काम गर्दा निकै रमाइलो लाग्ने बताएका छन् । मलाई रमाइलो लाग्छ, उनले भने त्यसैले म यहाँ आएको हुँ । साहसिक काम गर्न मन पर्ने भएकाले जिपलाइनको पनि मज्जा लिएको उनले प्रतिकृया दिएका छन् ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ। काठमाडौंबाट करिब ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रूपमा सुरू भएको हो।

२०७८ कार्तिक ५, शुक्रबार ०८:४२ 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार