
काठमाडौं, ४ कात्तिक – बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् ।
उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म एक्स नाइनु मा अभिनय गर्ने तय भएको हो ।यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सुनिललाई टीममा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै छिट्टै
वृहत रुपमा घोषणा गर्ने बताएका छन् । तपाईँसँग निर्देशकको रुपमा काम गर्न पाउनेमा खुसी छुँ, स्वागत छ हाम्रो नेपालमाु भट्टले लेखेका छन् ।
साथै , उनले फिल्म आउँदो वर्ष २०७९ को दसैँमा प्रदर्शन गरिने घोषणा समेत गरेका छन् । केही दिन अघि निर्देशक भट्टले सुनिललाई मुम्बईस्थित उनकै अफिसमा भेटेर फिल्म अफर गरेका थिए ।
त्यस बेला सुनिल सकारात्मक रहेको प्रतिक्रिया उनले दिएका थिए । सुनिल सरले नेपालमा पनि यस किसिमको फिल्म बन्छ रु भनेर प्रश्न गर्नु भयो,
निर्देशक भट्टले भने, उहाँले हाम्रो सोच र टीमको उद्देश्यलाई हौसला प्रदान गर्नुभयो ।निर्देशक भट्टको अनुसार सुनिलको छायाँकन १० दिनको हुनेछ । उनले ५ दिन नेपाल र ५ दिन सक्टल्याण्डमा छायाँकन गर्नेछन् ।