२०७९ श्रावण २६
  • काठमाडौँ

कुलमान घिसिङको अर्को यस्तो चमा-त्कार, भारत र चिन समेत दंग !

कुलमान घिसिङको अर्को यस्तो चमा-त्कार, भारत र चिन समेत दंग !

काठमाडौं : राष्ट्रिय प्रसारण लाईनमा जोडिएको नेपालको विद्युत मागभन्दा उत्पादन बढि भएपछि सरकारले अन्य मुलुकमा विद्युत विक्रिका लागि प्रक्रिया अघि बढाएको छ । यो महिना देखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ ।

विद्युतको माग भने बढिमा १५ सय मेगावाट मात्र रहेकाले बाँकी रहेका ४५३ मेगावाट विद्युत बङ्गलादेश र भारतलाई बिक्रिको प्रक्रिया अघि बढाएको हो । माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट उत्पादन र सोलारबाट १५ मेगावाट उत्पादन थप भएपछि हाल राष्ट्रिय प्रशासन लाईन १९५३ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ ।

मंगलबार सम्पन्न नेपाल – बङ्गलादेश बिचको उर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धि सचिव स्थरीय ज्वाइन्ट स्टेरिङ कमिटिको बैठक नेपालको तर्फबाट उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा बंगलादेशको विद्यूत उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हविबुर रहमानको सहअध्यक्षतामा सम्पन्न् भएको थियो ।

बैठकमा भारतीइ एवं नेपाली पुर्वाधारका प्रयोग गर्ने विषयमा छलफल सकारात्मक भएकाले २०७८ चैत भित्र बंगलादेशका विद्युत पु¥र्याउने लक्ष्य मन्त्रालयले राखेको उर्जा जलस्रोत तथा सिचाँई मन्त्रालय प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनु भयो ।

बंगलादेशले तत्काल २०० मेगावट विद्युत खरिद गर्ने भने पनि सन २०४१ सम्ममा ९०० मेगावट विद्युत खरिद गर्ने लक्ष्य राखेको प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । हामीले चैतसम्ममा २०० मेगावट विद्युत वंगलादेश पुर्याउने प्रक्रिया अघि बढाएका छौ । बैंठकको निर्णयसँगै पहिलो चरणमा नेपाल बंगलादेशविच प्रसारण लाईन निर्माण गर्ने सम्बन्धमा

नेपाल,बंगलादेश र भारतबिच त्रिपक्षीय बैठकमार्फत सहमति जुटाई डेडि’केटेड अन्तरदेशीय प्रशारण लाईन विस्तारको काम अगाडि बढाइने मन्त्रालयको तयारी छ । नेपाल भारत दुवै पक्षले समीकरण जरुरी ठानेसँगै भारतले क्रस बोर्डर गाईड’लाईन बनाउन शुरु गरिसकेको मनलयले जनाएको छ ।

बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमि’स्टेक, एक अर्कालाई सहयोग गर्ने गरी निर्माण भएको सार्कको अवधारणा समेतमा सहमति भएकाले विद्युत विस्तार लाईनमा भारतले सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।

सन २०१५ देखि नेपाल भारत बैठक बस्दै आएको र विभिन्न चरणमा नेपालको स्रोत अन्य देशलाई विक्रि गर्ने विषयमा भारतसँग छलफल भएर समझदारी भइसकेको समेत प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । नेपाल बंगदादेशबिच उर्जा क्षेत्रमा आपसी सहयोग गर्नेबारे २०७५ साउन २५ गते साझेदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मंगलबार सम्पन्न् बैठकले नेपाल र बंगादेश बिच विद्युत व्यापार,नेपालको जलविद्यूत विकासमा बंगलादेशको सरकारी तथा निजि लगानी,नेपाल बंगलादेशबिच अन्तरदेखीय विद्युत प्रसारण लाईन, माथिल्लो कर्णाली जलविद्यूत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युतको खरिदका लागि भएको प्रगतिबारे छलफल भएको मन्त्रलयलका प्रवक्ता भेटुवालले जानकारी दिनुभयो ।

बैठकले भर्दा २८ गते सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रुपको बैठक सचिव स्तरीय बैठककालागि सिफारिस गरेका बिषयहरु अनुमोदन समेत गरेको थियो । नेपाल र बंगलादेश बिच विद्युत व्यापारको आवश्यकता तयारीका लागि नेपालको तर्फबाट नेपाल विद्युत प्रािि’धकरण र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभभलपमेन्ट बोर्डलाई आवश्यक प्रक्रिया अघि बढाउने जिम्मे|वारी बैठकले दिएको छ ।

जलविद्युत क्षेत्रमा सहकार्यको लागि नेपालबाट प्रतावित सम्भावित पाँचवटा जलविद्युत आयोजनाहरुमध्ये पहिलो चरणमा सुनकोशी ३ जलासय अयोजना ६८३ मेगा त्यसपछि खिम्ती सिवालय ६०० मेगा जलविद्युत आयोजना अगाडि बढाउने सहमति भएको छ ।

भारत र बंगलादेशमा नेपालको अवस्थाभन्दा ठिक विपरीत विद्युतको माग हुने गरेकाले विद्युत आदानप्रदानमा सहज हुने भएको छ । नेपालमा बर्षयाममा माग कम हुने र नेपालमा उत्पादन कम हुनेगर्छ । भारतमा कोइलाको अभावमा थर्मल प्ला’न्टबाट विद्युत्को आपूर्ति कम हुन थालेपछि विहार सरकारले नेपालबाट अफ आवरमा ३५५ मेगावाट विद्युत् पैंचो लिन थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार दैनिक औसतमा २ हजार मेगावाट आवर विद्युत् भारतले पैंचोका रूपमा लिन थालेको हो । भारतले नेपाललाई विद्युत् विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्छ ।

यस हिसाबका आधारमा २० लाख युनिटको ९ रुपैयाँ ६० पैसाका दरले १ करोड ९२ लाख रुपैया बराबरको विद्युत् नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात् पैंचो दिइरहेको छ । सुक्खा याममा नेपालमा विद्युत्को उत्पादनमा कमी हुँदा भारतले आफूले लिएको पैंचो फिर्ता गर्छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भा’रप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले भारतको विहार राज्यमा विद्युत्को माग भएअनुसार पैंचोका रूपमा अधिकतम रक्सौ’लबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगरबाट ७० मेगावाट र ढल्केबरबाट ५० मेगावाट विद्युत् गरी अहिले भारतलाई ३५५ मेगावाट विद्युत् बेलुकी ६ बजेदेखि बिहान १० बजेसम्म दिने गरिएको छ ।

सरदरमा भारतले अहिले २ हजार मेगावाट आवर विद्युत् नेपालबाट खपत गर्दै आएको छ । कहिले कम र कहिले केही बेसी लिने गरेको छ । सबै विद्युत् स्टे’शनबाट भारतले विद्युत् पैंचोमा लिएको हो । नेपाल विद्युत् प्राधिकरणले सुक्खा मौसममा विद्युत् फिर्ता लिएर आ’पूर्ति व्यवस्थापन गर्दै आएको छ ।

भारतले नेपाललाई विद्युत् विक्री गर्दा प्रतियुनिट भारतीय ६ रुपया लिँदै आएको छ । जुन नेपाली ९ रुपैयाँ ६० पैसा हुन आउँछ । त्यसैलाई आधार मानेर अहिले नेपालले सापटी स्वरूप दिँदै आएको विद्युत्को रकम रू. १ करोड ९२ लाख बराबरको हुन जान्छ ।

प्रवक्ता भट्टराईका अनुसार भारत सरकारको ऊर्जा मन्त्रालयमा नेपालबाट विद्युत् खरीद गर्ने विषयमा आधिकारिक निर्णय नभएकाले विद्युत् सापटीका रूपमा प्रयोग भइरहेको छ । विक्रीको सम्झौता हुनासाथ नेपालले भारतलाई विद्युत् सापटीका रूपमा नभएर आधिकारिक रूपमा नै विक्री थाल्नेछ ।

भारतमा विद्युत्को अभाव चुलिएकाले चाँडै नै भारतको ऊर्जा मन्त्रालयले विद्युत् खरीद गर्ने विषयको सम्झौता नेपाल सरकारसँग गर्ने उनले खुलाए । नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले दुहवीबाट भारतको कटैया पावर हाउस र रूपनी कुसाश हुँदै भारतको कटैया पावर हाउसलाई बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म अधिकतम १५० मेगावाट विद्युत् दिइरहेको बताए ।

उनले सुक्खा मौसम शुरू भएपछि भारतको कटैयाबाट प्रदेश १ को विद्युत्को माग पूरा गर्न पुनः सापटी फिर्ता विद्युत् लिइने र हिसाब मिलान गरिने जानकारी दिए । भारतसँग विद्युत् व्यापारको सम्झौता भई नसकेकाले अहिले एकअर्काको देशलाई खाँचो पर्दा बिजुली सापटी दिने गरिएको हो ।

रेग्मीका अनुसार अपर तामाकोशीबाट ढल्केवर, रूपनी हुँदै दुहवी आउने १३२ केभी प्रशारणमार्प’त भारतको कटैया पावर हाउसलाई १५० मेगावाटसम्म विद्युत् निर्यात गरिँदै आएको छ । केही महीना अघिसम्म साताको ३ दिन मात्र विद्युत् लिँदै आएको भारतको क’टैया पावर हाउसले अहिले दैनिक रूपमा १२ घण्टा विद्युत् लिइरहेको छ । दैनिकी न्युज बाट

२०७८ कार्तिक ५, शुक्रबार ००:२९ 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।