२०७९ श्रावण ३१
  • काठमाडौँ

बाढी-पहिरोले एकैदिन १५ जनाको मृ`त्यु, चार परिवार सम्पर्कविहीन

३ कात्तिक, काठमाडौं ।

बेमौसमी झरीका कारण देशको विभिन्न भागमा आएको बाढी-पहि`रोले एकैदिन १५ जनाले ज्यान गुमा`एका छन् । चार परिवारका सदस्यहरु सम्पर्कविहीन छन् भने केही घा`इते भएका छन् ।

लगातारको वर्षासँगै आएको बाढी-पहि,रोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एक/एक जनाको मृ`त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहि,रामा परी मृ`त्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५/३६ वर्षीया मन्दरा बलायर,

जोरायल गाउँपालिका–३ का अन्दाजी ६२/६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् ।

यसैगरी सायल गाउँपालिका–६ मेल्लेखमा पहि`रो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भ`त्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृ`त्यु भएको छ ।

जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगा,उँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बे`पत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार केआइसिंह गाउँपालिका–४ मा पहिराको जो`खिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको छ ।

यस्तै बैतडीको शिवनाथ गाउँपालिका-६ मा घर माथिबाट ख´सेको पहि,रोमा परी एकै परिवारका तीन जनाको मृ`त्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दका अनुसार पहि`रोमा परी मृ`त्यु हुनेमा स्थानीय भालु पार्कीका १८ वर्षीया बुहारी पवित्रा पार्की र २४ वर्षीया बुहारी भानु पार्की र उनको तीन वर्षीया नाती सोम पार्की छन् ।

अविरल वर्षासँगै मंगलबार दिउँसो पौने २ बजे पहिरोले सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँ`दा उनकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृ`त्यु भएको छ

कालीकोटको महाबै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर भ`त्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृ`त्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा घाइ`ते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उ`द्धा`र गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहि`रो ख`स्दा उनको मृ´त्यु भएको छ । घरमाथि प´हिरो ख´स्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घा´इते भएका थिए । दुवै जनालाई उद्दा´र गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको थियो तर विष्णुको मृ`त्यु भएको छ ।

सरिताको भने डडेलधुरा अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो दुई दिनदेखि देशभर पानी परेको छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु

प्रणालीको संयुक्त प्रभा`व नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारसम्म वर्षा हुने सम्भा´वना रहेकाे र बिहीबारदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने माैसमविद्हरुले बताएका छन् । नेपाल टाइम्स बाट

२०७८ कार्तिक ४, बिहीबार ०३:४९ 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।