
काठमाडौं, कात्तिक ३ । सिन्धुलीको फिक्कल गाउँपालिका-५ मा बाढीले बगाउँदा एक जना किशोरीको मृत्यु भएको छ । फिक्कल गाउँपालिका-४ खाङसाङ निवासि गनबहादुर भुजेलकी २२ वर्षीया छोरी सबिता भुजेलको मृ\त्यु भएको हो ।
फिक्कल गाउँपालिका-५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामा आएको बाढीले बगाउँदा भुजेलको मृ\त्यु भएको हो ।
उनलाई सोमबार साँझ खोलाले बगाएको थियो । केही दिनदेखि परेको वर्षाका का’रण आएको बा’ढी’ले ब’गाएको भुजेलको शव करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए ।
यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आ’क्र’म’ण’बाट एक दम्पतीको मृ\त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृ/त्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृ/त्यु भएको हो।
इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घ’ट’ना स्थल प्रस्थान गरेको जनाइएको छ। प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ/दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो,’ घटनास्थलबाट शुक्लाफाँटा-१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ।’ रासस