२०७९ असार १५
  • काठमाडौँ

जुम्लामा बाढीले मार्सीधानको फाँट बगायो ! करोडौं को क्षति

जुम्ला – जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको किसानले गुनासो गरेका छन् ।

मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि आफूहरु चिन्तित भएको स्थानीय देवीप्रसाद पाण्डेले गुनासो गर्नुभयो ।

चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि बाढी आएको किसान धनराशी भण्डारीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिला अवलोकनमा गएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले भारी वर्षा र बाढी बढेकाले नदी र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नबस्न नागरिकलाई अनुरोध गर्नुभएको छ । वर्षाले नाग्म गमगडी राजमार्गको बाटो बन्द भएको छ । टाइम्स खबर बाट

२०७८ कार्तिक ३, बुधबार ०४:०० 0 Minutes 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार